'मध्यरात पछिको सेक्सले खेलाडीलाई थप उर्जा'
काठमाडौंः इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले 'मध्यरातपछि सेक्सले खेलाडीलाई उर्जा दिने बताएका छन्।
आफ्ना खेलाडीहरुलाई सेक्स गर्न प्रतिबन्ध लगाएको खबर भाइरल भएपछि गार्डियोलाले स्पष्टीकरण दिदै यस्तो धारणा राखेका हुन्।
म्यानचेस्टर सिटीबाट लोनमा स्पेनिस क्लब सेभिल्ला पुगेका सामिर नासरीले प्रशिक्षक गार्डियोलाले खेलाडीहरुलाई सहबास गर्न रोक लगाएको बताएका थिए। तर, नासरीले लगाएको आरोपलाई पेपले खण्डन गरेका छन्।
खेलाडीलाई सहबास गर्न प्रशिक्षकले प्रतिबन्ध लगाएको आरोप लागेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डियोलाले त्यसको खण्डन गर्दै आफूले खेलाडीहरुलाई सहबासका लागि कुनै रोक नलगाएको दाबी गरेका छन्।
गार्डियोलाले मध्यरातपछि हुने सहबासले खेलाडीको प्रदर्शन सुधारिने बताएका छन्।