शान्तिको श्वास फेर्दै

शान्तिको श्वास फेर्दै

धवाङकी तुला वलीलाई अब ‘युद्ध’ सम्झनु छैन । ‘ती दिन सम्झि“दा शरीरमा काँडा उम्रिन्छ,’ सशस्त्र द्वन्द्वमा पति गुमाएकी उनी भन्छिन, ‘ती दिन कहिल्यै नदोहोरिउन् ।’ उनका पतिलाई माओवादीले बेपत्ता बनाएको थियो । त्यसबेला काखमै रहेकी छोरी माध्यमिक तहमा पढ्दै छिन् भने उनी सिलाइबाट जीवन निर्वाह गर्छिन् ।

उनीजस्तै युद्धमा पति गुमाएका तीन सय २३ महिला छन् रोल्पामा । देशभरमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति यहीँ भयो । स्थानीय शान्ति समितिका संयोजक विश्व चन्द भन्छन्, ‘नौ सय ४६ रोल्पालीले ज्यान गुमाए भने ६७ अझै बेपत्ता छन् ।’ करिब तीन हजार पाँच सय मानिस विस्थापित भएका थिए । आफन्त मारिँदा वा बेपत्ता बनाइँदासमेत धित मरुन्जेल रुन नपाएका रोल्पाली शान्ति प्रक्रियापछि शान्तिको श्वास फेर्दैछन् ।

सडकमा फड्को
सशस्त्र युद्ध चलिरहँदा पूर्व–पश्चिम राजमार्गकोभालुवाङबाट प्युठान हुँदै रोल्पा सदरमुकाम लिवाङ मुश्किलले धुले सडकले जोडिएको थियो । एक सय तीन किलोमिटरको उक्त सडक हुँदै दिनभर लगाएर लिवाङ पुग्दा बाजी जितेको महशुस गर्नु पथ्र्यो । ‘शान्ति प्रक्रियापछि सडक पक्की भएको छ । लिवाङबाट तीन घण्टामा राजमार्गमा पुगिन्छ । निकै सजिलो भएको छ,’ नागरिक अगुवा घनश्याम आचार्य भन्छन् ।

अहिले प्युठान भिंगृदेखि लिवाङ जोड्ने ३८ किमि सडकमा मोटरमा हुइँकिनुको मज्जा बैग्लै छ । त्यतिमात्र कहा“ हो र, ४८ गाविस सडक सञ्जालमा जोडिएका छन् । साना गाडीमा गाउँघरतिर यात्रु आउजाउ भइरहँदा जनजीवन सहज बन्दै गएको छ । युद्धताका सरकारी कामका लागि २/३ दिन हिंडेर सदरमुकाम आउने गाउँले अहिले बिहान गाडी चढेर आउँछन् र काम फत्ते गरेर साँझ घर फिर्छन् ।

१० वर्षमा जिल्लामा पाँच सय किमि ग्रामीण सडक खनिएको छ । माओवादी केन्द्र सम्मेलन आयोजक समितिका सदस्य पवन कुँवर भन्छन्, ‘शान्तिकालको १० वर्षमा देखिने विकासमा सडक नै मुख्य हो ।’ जिविसका सूचना अधिकृत रामकुमार न्यौपानेका अनुसार पाँच सय ९० किमिको सडक सञ्जाल तयार भएको छ । शान्ति प्रक्रिया सुरु हुँदा दाङ घोराहीदेखि होलेरी हुँदै गैरीगाउँ तिलासम्म करिब २८ किमि कच्ची सडक मात्र थियो ।

सञ्चारले दियो खुशी
‘आफन्तलाई फोन गर्न युद्धताका दुई दिन हिंडेर दाङको घोराही या सदरमुकाम लिवाङ पुग्नु पथ्र्यो,’ कोर्चावाङ २ की ३८ वर्षीया मञ्जना पुनमगर भन्छिन्, ‘अहिले त सबैका हातमा मोबाइल छ ।’ दशक अघिसम्म मोबाइल चलाउनु रोल्पालीको कल्पनामा पनि थिएन । अहिले दुई लाख २४ हजार पा“च सय ६ जनसंख्यामा करिब ८० हजारका हातमा मोबाइल छ ।

टेलिकम, एनसेल र हेलो फोनको सेवा गाउँ–गाउँ पुगेको छ । टेलिकमका जिल्ला प्रमुख कैलाश आचार्यका अनुसार युद्धका बेला रातामाटाको रिपिटर टावरमा क्षति पुगेपछि सञ्चार शून्य थियो । युद्धको उत्तराद्र्घतिर सदरमुकाममा ‘भी–स्याट’ प्रणालीको महँगो शूल्कमा दुई लाइन सञ्चालन थिए । आफन्तको सञ्चो–विसञ्चो थाहा पाउन पत्र नै लेख्नु पथ्र्यो । पत्रकारले जिविसको फ्याक्स गरेर समाचार सम्पे्रषण गर्थे । अहिले नपत्याउने गरी सञ्चारको विकास भएको छ । सदरमुकाममै नौ वटा साप्ताहिक नियमित प्रकाशन हुन्छन् । चार वटा सामुदायिक एफएम निर्वाध सञ्चालनमा छन् ।

आशा लाग्दो ऊर्जा
शान्तिकालमा लघु जलविद्युत निर्माणको लहर चलेको छ । प्युठानको झिमरूक जलविद्युत आयोजनाबाट लिवाङसम्म मात्र रहेको केन्द्रीय प्रसारण लाइन २१ गाविसमा विस्तार भएको छ । केही गाविसतिर गाउँले आफैंले तार टाँग्दैछन् । पश्चिम ग्रामीण विद्युत लाइन विस्तार उपभोक्ता समितिका कोषाध्यक्ष कमन बुढामगर भन्छन्, ‘गाउँमा बिजुली पुर्‌याउन घर–घरबाट ३० हजारसम्म उठाएका छन् । धमाधम पोल गाडिरहेका छौं ।’

जिविसको उर्जा तथा वातावरण शाखा र बेसको पहलमा १८ वटा लघु जलविद्युत निर्माणबाट गाउँ उज्यालो बनेका छन् । चार सय ४८ किलोवाट विद्युत उत्पादनले गाउँ झिलिमली भएको छ । गाउँमै फर्निचर, मिल र साना उद्योग सञ्चालनमा छन् । तीन वटा लघु जलविद्युतबाट उत्पादित एक सय २० किलोवाटबाट इरिवाङ पहिलो उज्यालोयुक्त गाविस घोषणा भएको छ ।

अाफन्त मारिँदा वा बेपत्ताा बनाइँदासमेत धित मरुन्जेल रुन नपाएका रोल्पाली शान्ति प्रक्रियापछि शान्तिको श्वास फेर्दैछन्।

२३ वटा लघु जलविद्युत निर्माणाधीन छन् । पाँच हजार ५२ घरधुरीले ग्रामीण लघु जलविद्युत उपभोग गरिरहेका छन् । लघु विद्युतको सम्भावना नभएका गाउँमा सौर्य विद्युत जडान गरिएका छन् । सात हजार तीन सय ४४ घरधुरी यसबाट लाभान्वित भएको ऊर्जा अधिकृत हुकुम बुढामगर बताउँछन् ।

युद्धका बेला तीन सयजति साना उद्योग बन्द हुने अवस्थामा थिए । १० वर्षयता एक हजार एक सय साना उद्योग दर्ता भइसकेका छन् । उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार अल्लो र भाँगोको रेसाबाट कपडा उत्पादन हुने उद्योग सञ्चालनमा आएका छन् । तिनबाट चार हजार पाँच सयभन्दा बढीले रोजगारी पाएका छन् ।

दक्षिणी बुढागाउँ ३ पुरानोगाउँमा रोल्पा सिमेन्ट कारखाना सञ्चालनमा आएको छ । चुनढुंगा प्रसस्त रहेकाले ०६९ मा सिमेन्ट उद्योग स्थापना भएको हो । एक अर्ब २० करोड लगानीमा बनेको हो उक्त कारखाना । ‘डिजेल जेनेरेटर प्लान्टबाट कारखाना चलाएर क्लिंकर उत्पादन गर्छौं,’ प्रबन्ध निर्देशक दिनेश डाँगी भन्छन् ।

१० वर्षअघि लिवाङ बजारका घर माटो र स्लेट ढुंगाले बनेका थिए । अहिले कंक्रिट सहर तयार भएको छ । सडक पुगेका होलेरी, सुलिचौर, घर्तीगाउँ, बागमार, दुईखोली बजार मुख्य व्यापारिक केन्द्र बनेका छन् । घर–घरमा शौचालय निर्माण भएका छन् । जलजला र नव नेपाल क्याम्पस सञ्चालनमा छन् । युद्धताका निजी विद्यालय तीन वटा मात्र थिए । अहिले ३० वटा बोर्डिङ खुलेका छन् ।

जनता र ग्लोबल आईएमई बैंकले शाखा विस्तार गरेका छन् । सहकारी संस्थाहरू छ्यापछ्याप्ति छन् । सबै गाविसका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएका छन् । लिवाङ नगरपालिका बनेको छ । पोलिटेक्निकल कलेज निर्माण हुँदैछ । युद्धका बेला छापामार हिंडेका, तालिम गरेका स्थान, बंकर, कम्युनजस्ता संरचनाको अवलोकन गर्ने गरी गुरिल्ला ट्रेक पहिचान भएको छ ।

युद्धमा ध्वस्त बनाइएका सांस्कृतिक रीतिरिवाज पुनःस्थापना क्रममा छन् । मेला र जात्राले निरन्तरता पाएका छन् । ४४ प्रतिशत मगर जातिको बसोवास रहेको जिल्लामा मेला र जात्रा अनिवार्य संस्कृतिझैं थिए । शान्तिकालको फाइदा उठाउँदै फेरि तिनमा रौनक छाउने क्रम सुरु भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.