कब्जियत र स्मरण शक्ति

अहिलेको आहारविहार विषादीमुक्त छैन । हरेक मानिस कुनै न कुनै रूपमा बजारिया खाना खाइरहेको हुन्छ । घरमै बनाएर खाएको खानामा पनि बजारकै वस्तु प्रयोग हुने भएकाले ती पनि स्वच्छ र ताजा हुँदैनन् । यस्ता खानाको एउटा असर कब्जियत पनि हो । कब्जियत पेटको आम समस्या जस्तै बनेको छ ।
कब्जियत लामो समयसम्म रहिरह्यो भने मलको विषाक्त प्रभावले सम्पूर्ण शरीरलाई दूषित पार्दै पाचन प्रणालीलाई तहसनहस नै गरिदिन्छ । शरीरलाई स्वस्थ तथा सुदृढ राख्न पाचन प्रणाली विकाररहित हुनु अनिवार्य छ । पाचन प्रणालीले ठीक कार्य गरेन भने अनेकौं रोगहरू उत्पन्न हुने गर्दछन् । त्यसैले कब्जियतलाई अनेकौं रोगहरूको प्रमुख कारण मानिन्छ । पाइल्स तथा फिसरजस्ता रोगहरूको मूल कारण पनि कब्जियत नै हो ।
कब्जियत के हो ?
दुईचार दिनसम्म दिसा नलाग्नु, कम दिसा हुनु वा दिसा खलास नहुनु, कठिनाइका साथ साह्रो दिसा लाग्नु वा गोटा पर्नुको समस्या नै कब्जियत हो । मेडिकल दृष्टिमा दिनको तीन पटकदेखि हप्ताको तीन पटक दिसा हुनु सामान्य मानिन्छ । तर हप्ताको तीन पटकभन्दा कम दिसा भयो भने त्यसलाई कब्जियत भनिन्छ ।
तर, आयुर्वेद तथा प्राकृतिक चिकित्साका अनुसार बिहान-बेलुकी नियमित समयमा, शीघ्रतापूर्वक तथा पूर्ण रूपमा दिसा हुँदैन भने त्यसलाई कब्जियत भएको मानिन्छ । बिहान उठ्नासाथ दिसा जाने तीव्रता आओस्, शौचालयमा बस्नेबित्तिकै, प्रतीक्षा नगरिकनै, बिना जोड लगाएर तथा पूर्णरूपमा दिसा भएर पेट साफ भयो, यसै प्रकारले साँझ पनि दिसा भयो भने यो स्वास्थ्यको स्थिति हो, अन्यथा कब्जियत भएको मान्नुपर्दछ ।
कब्जियतको लक्षण
धेरै दिनसम्म दिसा नहुनु वा कठिनाइले दिसा हुनु, दिसा भए पनि राम्रोस“ग खलास नहुनु वा गोटा पर्नु कब्जियतको प्रमुख लक्षण हो । यसैगरी कब्जियतका कारण सिर दर्द, पेटमा भारीपन, ग्यास, डकार, सास दुर्गधयुक्त हुनु, आलस्य, अनिद्रा, बेचैनी, स्मरणशक्तिको कमी, चक्कर तथा त्वचा रोगहरूजस्ता विकार पैदा हुनु । कब्जियतका कारण देखा पर्ने यस्ता समस्याले मानिसको दैनिक क्रियाकलापमा असर पार्नु ।
कब्जियतको कारण
कब्जियत रोग नभएर लक्षण हो । मल निष्कासन गर्ने ठूलो आन्द्राको गति सामान्यभन्दा कम भयो भने कब्जियतको समस्या देखा पर्छ । ठूलो आन्द्राको गतिलाई विभिन्न कुराहरूले प्रभाव पार्छन् । जस्तै, कम तरल पदार्थ पिउनु, अनुचित भोजन गर्नु, ठीक समयमा खाना नखानु, ठीक समयमा दिसा नजानु, दिसा रोक्नु, उमेर, शारीरिक गतिविधिमा कमी तथा विभिन्न रोग, जस्तै क्यान्सर, थायराइडिज्म आदि । कतिपय औषधिका कारण पनि कब्जियत देखा पर्छ । तर कब्जियतको प्रमुख कारण तनाव हो ।
कब्जियत र स्मरणशक्ति
कब्जियतका कारण पाचन प्रणाली त तहसनहस हुन्छ, हुन्छ, स्नायुप्रणालीमा पनि दबाब पर्छ । जसले गर्दा मानिसको शारीरिक तथा मानसिक कार्य क्षमता घट्छ । बेचैनीका कारण कब्जियतबाट पीडित मानिसले ठीकसँग सोच्न र निर्णय गर्न सक्दैन ।
सिरदर्द र अनिद्रा आदिले गर्दा एकाग्रता तथा स्मरण शक्ति पनि घट्छ । थकाइ लाग्छ, काम गर्न तथा पढाइलेखाइमा अभिरुचि लाग्दैन । विद्यार्थीले यस कुराप्रति ध्यान दिनुपर्छ । आफू कब्जियतबाट पीडित भएको खण्डमा शीघ्र उचित उपचार गर्नुपर्छ ।
कब्जियतको घरेलु उपचार
-बिहान उठ्नेबित्तिकै कुल्ला गरेर एक गिलास पानी पिउने ।
-त्यसपछि एक गिलास तातो पानीमा एउटा कागती निचोेरेर पिउने । अनिमात्र दिसा जाने ।
-दिसा नरोक्ने । दिसा लागे पनि नलागे पनि बिहान बेलुकी, दिनको दुई पटक दिसा जाने बानी बसाल्ने । साँझ पनि दिसा जाने आदत बनाउने ।
- मनमस्तिष्कलाई शान्त राख्ने ।
-प्रसन्न मनले आरामसँग बसेर ठीक समयमा भोजन गर्ने ।
-भोजन गर्दा आरामस“ग बसेर भोजनलाई मज्जास“ग चपाएर खाने ।
-मैदा, बेसनका परिकार तथा चिल्लो-पिरो, मसालेदार भोजन नगर्ने ।
-भोजनको साथमा गाजर, मुला, काँक्रो, प्याज, बन्दगोबी, हरियो धनियाँ, पालुंगोको पत्ता तथा मुलाको पत्ता आदिको सलाद खाने ।
-प्रशस्त पानी पिउने, तर भोजनसँग पानी नपिउने ।
-साँझको भोजन पेटभरि नगर्ने ।
-शारीरिक कार्यहरू गर्ने । व्यायाम तथा योगासनहरू गर्ने ।
- बिहान-बेलुकी, दिनको दुई पटक पेट बिलकुल ठीक हुने दृढ विश्वासको साथमा पेटमा ध्यान दि“दै १५-२० मिनेट कपालभाँती प्राणायाम तथा १० पटक अग्निसार क्रिया गर्ने ।
-कालो हर्रोलाई घिउमा भुटेर चुर्ण बनाउने र बराबर मात्रामा बीरेनुनको धुलो मिसाएर राख्ने । अनि राति सुत्ने बेलामा आधादेखि एक चम्चा चुर्ण मनतातो पानीस“ग सेवन गर्ने । यो प्रयोग हप्ताको एक वा दुई पटक गर्ने ।
- कुनै मानसिक तथा शारीरिक समस्याहरू भएको खण्डमा त्यसको उपचार गर्ने ।
अन्य घरेलु औषधि
-सुत्ने बेलामा एक गिलास दूध वा पानीमा १-२ चम्चा इसवगोल हालेर पिउनाले कब्जियतलाई फाइदा गर्छ । बिहान खाली पेटमा सुन्तलाको एक गिलास रसमा आधा चम्चा नुन मिलाएर पिउने हो भने पुरानोभन्दा पुरानो कब्जियत पनि ठीक हुन्छ ।
-राति दुईटा सानो हर्रो एक गिलास पानीमा भिजाएर राख्ने र बिहान त्यसलाई मसलेर बाँकी बचेको हर्रो खा“दै पानी पिउने । यो प्रयोग सधैंभरि नै गर्न सकिन्छ ।
-आधा चम्चा ज्वानो एक गिलास मोहीमा हालेर खाने हो भने पनि कब्जियतमा फाइदा गर्दछ ।
-बिहान खाली पेट र बेलुकी भोजनसँग स्याउ खाने हो भने कब्जियत हुँदैन ।
कब्जियतका कारण पाचन प्रणाली त तहसनहस हुन्छ हुन्छ, स्नायु प्रणालीमा पनि दबाब पर्छ । जसले गर्दा मानिसको शारीरिक तथा मानसिक कार्यक्षमता घट्छ । बेचैनीका कारण कब्जियतबाट पीडित मानिसले ठीकसँग सोच्न र निर्णय गर्न सक्दैन ।
-बिहान खाली पेट एक गिलास लौकाको रस खाने हो भने पेट पूर्णतया सफा हुन्छ । यसको साथै पेटका समस्त विकारहरू निर्मूल हुन्छन् । हृदयको कार्यशक्ति पनि बढ्छ ।
-नियमित रूपमा मेवा खाने हो भने पनि कब्जियत हुन पाउँदैन ।
उपर्युक्त उपायहरूमध्ये आफूलाई उपयुक्त उपायको साथै महिनामा एक पटक कुञ्जलक्रिया र ६-६ महिनामा शंखप्रक्षालन गर्ने हो भने कब्जियतलगायत पेटका अनेक रोगबाट जोगिन सकिन्छ ।
कब्जियतमा सेवनयोग्य पदार्थ
गहुँ, जौ, चना आदिको चोकरयुक्त आटा, मुग, करेला, परवल, लौका, फर्सी, काँक्रो, पालुंगो, बेथे, लसुन, मेथी, हर्रो, बर्रो, अमला, हरियो सागपात, मौसमी फलफूल, इसवगोल, मेवा, प्रशस्त मात्रामा पानी, व्यायाम, योगासन तथा दैनिक चार-पाँच किलो मिटरको हिँडाइ ।
कब्जियतमा सेवन अयोग्य पदार्थ
चिल्लो, पिरो, अमिलो, चामल, चिनी, मौसमी, वेसन र मैदाका परिकार, माछा-मासु, दिउँसो सुत्ने बानी, धूमपान र मद्यपान, अत्यधिक तनाव, शारीरिक परि श्रम तथा कडा व्यायाम नगर्नु ।
प्रतिक्रिया दिनुहोस !
