नेपाली टोलीको खराब प्रदर्शन

नेपाली टोलीको खराब प्रदर्शन

काठमाडौंः नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा हालसम्मकै खराब प्रदर्शन गरेको छ । नेपाली क्रिकेट टोलीले थाइल्यान्डमा जारी एसीसी एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकाविरुद्ध केवल २३ रनको योगफल खडा गर्‍यो । उक्त योगफल अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीको बनाएको हालसम्मकै सबैभन्दा कम योगफल हो ।

यसअघि अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा नेपाली टोलीको बनाएको सबैभन्दा कम योगफल २६ रनको थियो । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाली महिला टोली २६ रनमै समेटिएको थियो ।

त्यसबेला नेपाली टोलीले १५.२ ओभर खेल्दा आफ्नो सबै विकेट गुमाएको थियो । यस पटक १६.२ ओभरमा नेपालले सबै विकेट गुमायो । नेपाली टोली श्रीलंकासँग आठ विकेटले पराजित भयो । श्रीलंकाले ४.३ ओभरमा केवल दुई विकेट गुमाएर जित पक्का गरेको थियो ।

लगातार दोस्रो पराजय बेहोरेको नेपालको फाइनल खेल्ने सम्भावनासमेत निकै कमजोर बनेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल लगातार दोस्रो पराजयसँगै ६ टोली सम्मिलित प्रतियोगिताको अंकतालिकामा पुछारमा पुगेको छ ।

श्रीलंकाली टोलीविरुद्ध टीट्वेन्टी ढाँचाको क्रिकेटमा नेपालको यो लगातार दोस्रो पराजय हो । यसअघि सन् २०१२ मा चीनमा भएको एसियाली खेलकुदअन्तर्गत भएको प्रतिस्पर्धामा नेपाललाई श्रीलंकाले २० रनले पराजित गरेको थियो । त्यसबेला ७९ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ५८ रनमात्र बनाउन सकेको थियो । नेपालले चार वर्षअघिको त्यही प्रदर्शनलाई समेत कायम राख्न सकेन ।

थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाली टोलीले अन्य दुई खराब कीर्तिमानसमेत बनाएको छ । अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा पहिलो पटक एकै पालीमा सात नेपाली खेलाडी डक आउट भए भने नेपालले एउटा पनि चौका वा छक्का प्रहार गर्न सकेन । टस हारी पहिले ब्याटिङमा आएको नेपालका लागि सुरुआती ब्याट्सउमन ज्योति पाण्डेले १६ रन जोड्दै अघि बढाउने प्रयास गरेकी थिइन् ।

तर त्यसपछिका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाली टोली प्रतियोगितामा लज्जास्पद हार व्यहोर्न बाध्य बन्यो । नेपालका लागि ज्योतिबाहेक अर्की सुरुआती ब्याट्स उमन सीता रानामगरले चार र कप्तान रुविना क्षेत्रीले एक रन जोडे ।

अन्य खेलाडीले भने रन जोड्न सकेनन् । काजल श्रेष्ठ, नेरी थापा, इन्दु बर्मा, रश्मि चौलागाईं, करुणा भण्डारी, सरिता मगर र शवनम राई शून्य रनमै पभेलियन फर्किए । नेपालकी अन्तिम ब्याट्उमन सरस्वतीकुमारी चौधरी पनि शून्य रनमै अविजित रहिन् ।

श्रीलंकाका सुगन्धिका कुमारी र इनोका रानाविराले तीनतीन विकेट लिइन् । ओशादी रणसिंघेले पनि दुई विकेट लिइन् । श्रीलंकाका लागि हसिनी पेरेराले अविजित १७ रनको योगदान गरिन् । नेपालकी रुविना र करुणाले श्रीलंकाको एकएक विकेट लिएका थिए । नेपाललाई पराजित गरेको श्रीलंका अंकतालिकाको तेस्रो स्थानमा आसीन छ ।

खेल सुरु हुनुअघि श्रीलंकाली टोलीकी कप्तानसँग मायाको चिनो साटासाट गर्दै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री (दायाँ)सौजन्यः रमन सिवाकोटी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.