कोलम्बियामा दुर्घनाग्रस्त विमानः जसमा मेसीसहित अर्जेन्टिनी टोली ब्राजिल जाँदा यात्रा गरेको थियो

कोलम्बियामा दुर्घनाग्रस्त विमानः जसमा मेसीसहित अर्जेन्टिनी टोली ब्राजिल जाँदा यात्रा गरेको थियो

काठमाडौंः कोलम्बियामा मंगलबार भएको विमान दुर्घटनामा ब्राजिलियन क्लब च्यापेकोनिजका खेलाडीसहित ७६ जनाले ज्यान गुमाए। पाँच जनाको जिवितै उद्धार गरियो। जिवित पाँच मध्ये तीन ब्राजिलियन फुटबलर छन्। 

ब्राजिलको च्यापेकोनिज क्लबका खेलाडीसहित ८१ जना यात्रु लिएरबोलिभियाबाट कोलम्बियाका लागि उडेको विमान स्थानीय समयअनुसार मंगलबार सवा १० बजे कोलम्बियाको मेदेजिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको पहाडी क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा विमानमा सवार ८१ मध्ये ७६ जनाको मृत्यु भएको छ। 

मंगलबार दुर्घटनाग्रस्त सोही विमानमार्फत केही हप्ता अघि अर्जेन्टिनी कप्तान लियोनल मेसीसँगै अर्जेन्टिनी खेलाडी चढेर ब्राजिल पुगेको खुलेको छ।

केही हप्ता अघि विश्वकप छनोट अन्तर्गत ब्राजिलसँग खेल्न जाँदा मेसीसहित अर्जेन्टिनी खेलाडी मंगलबार दुर्घटनामा परेको बीएई १४६ नम्बरको कलसाइन विमानमार्फत अर्जेन्टिनाबाट ब्राजिल पुगेको द सनले जनाएको छ।

सोही विमानका यात्राका क्रममा मेसीले आफ्ना टिममेटहरुसहित जाभियर मात्सिरानोसँग सेल्फी खिचेका थिए।

ब्राजिलसँगको विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिना ब्राजिलसँग ३–० ले पराजित भएको थियो।

ब्राजिलका लागि नेमार, फिलिप काउटिन्हो र पाउलिन्होले गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.