विश्व एड्स दिवस मनाइँदै, नयाँ संक्रमण ८० प्रतिशतले घट्यो

विश्व एड्स दिवस मनाइँदै, नयाँ संक्रमण ८० प्रतिशतले घट्यो

काठमाडौं: एक दशक अघिसम्म महामारीको रुप लिने गरेको एचआइभी संक्रमण नेपालमा हृवात्तै घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । सरकारले चेतनाको विस्तारले पछिल्लो नौं वर्षमा ८० प्रतिशतले नयाँ संक्रमणलाई घटाउन सफल भएको दावी गरेको हो ।

सन् २००७ मा नेपालमा वर्षेनी करिव दुई हजार सय जना नयाँ मानिसमा एचआइभी संक्रमण पुष्टि हुने गरेको थियो भने हाल करिव एक हजार तीन सयलाई मात्रै संक्रमण पुष्टि हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले २९ औं विश्व एड्स दिवसको पूर्व संन्ध्यामा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २००७ मा नेपालमा रहेका करिव ७० हजार एचआइआभी संक्रमित मध्ये वर्षेनी तीन हजार संक्रमितले ज्यान गुमाउने गरेका थिए । हाल ३९ हजार ३ सय ९७ जना एचआइभी संक्रमित रहेको नेपालमा वर्षमा दुई हजार दुई सय ६३ जना संक्रमितले ज्यान गुमाउने गरेको पाइएको छ । संक्रमति हुनेमा अहिले पनि पुरुष नै धेरै छन् ।

नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । सुईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेश धाउनेहरु र कैदीहरु लगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशत भन्दा बढी छ । तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर एक प्रतिशत भन्दा कम छ ।

केन्द्रका निर्देशक तरुण पौडेलले जनचेतनाको विस्तार र परिक्षण सेवाले एचआइभी संक्रमण दर घटाउन सफल भएको बताए । उनका अनुसार सन् २०१० को तुलनामा हाल एक सय ४६ प्रतिशतले एचआईभी संक्रमितलाई गरिने उपचार पद्धति 'एन्ट्रि रेट्रो भाइरल' (एआरभी) उपचारमा पहुँच बढेको छ ।

सरकारले मुलुकका विभिन्न दुई सय ६५ केन्द्रमा एचआइभी परिक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । यस्तै आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको पौडेलले बताए । एचआइभी संक्रमणको न्यूनीकरणमा नेपालले सह श्राब्दी विकास लक्ष्य हासिल गरिसकेको छ ।

नेपालमा एचआइभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहेको समेत सरकारको दावी छ । संक्रमितको हेरचाह र सहयोग लगायत एआरभी औषधि उपचारमा पहुँच बढ्दै गएको पनि उक्त संक्रमण नियन्त्रणमा अझै पनि ठूलो चुनौति रहेको सरकारी अधिकारीहरुले औल्याएका छन् । अझै पनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणबाट भेटाउने र सबै संक्रमितलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्न आवश्क रहेको पौडेलले बताए ।

२९ औं विश्व एड्स दिवस मनाइँदै

हामी सबैको काम, एचआइभीको रोकथाम भन्ने नाराका साथ डिसेम्बर एक मा नेपाल लगायत विश्वभर एड्स दिवस मनाउन लागिएको छ । एचआइभी संक्रमण नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको केन्द्र र अन्य सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।

संक्रमणको दरलाई घटाउन र एड्सको महाकारीलाई अन्त्य गर्ने दीगो विकास लक्ष्यको कार्यक्रमलाई सफल बनाउन यो दिवस मनाउन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.