विमान दुर्घटनापछि ब्राजिलियन क्लब चापेकोन्सका गोल रक्षक निभाल्डोले फुटबलबाट सन्यास लिए
काठमाडौंः कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिलियन क्लब चापेकोन्सका अधिकांश खेलाडीहरुको मृत्यु भएपछि क्लबका गोल रक्षक निभाल्डोले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन्।
विमान दुर्घटना भएको एक दिनपछि ४२ वर्षीय निभाल्डोले फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। एथ्लेटिको नेशनलविरुद्धको खेलका लागि निभाल्डो क्लबका खेलाडीसहितको टोली कोलम्बिया भ्रमण जाँदा कोपा सुडामेरिकाको फाइनलको पहिलो लेगका लागि टिममा थिएनन्।
गोल रक्षक निभाल्डो क्लबका लागि २९९ औं खेल खेलेका छन्।