यी हुन् बामदेव गौतम र जनार्दन शर्माको नाममा ठगी गर्ने

यी हुन् बामदेव गौतम र जनार्दन शर्माको नाममा ठगी गर्ने

काठमाडौंः नेपालमा करोडौं रुपैयाँ ठगी गरेर भारतको लखनउमा लुकेर व्यवसाय गरिरहेका प्यूठान तोर्वाङका ईश्वरी प्रसाद पोख्रेल पक्राउ परेका छन् ।

अमेरिका जाने ठाँटसहित अन्तवार्ता दिन नेपालस्थित अमेरिकी दुतावासमा अन्तवार्ता लिन आएका बेला प्रहरीले पोख्रेललाई कमलपोखरीबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पोख्रेलविरुद्ध विभिन्न ठगी मुद्धा छन् ।

ठगी धन्दालाई बढावा दिन पोख्रेलले एमाले नेता एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता एवम् उर्जामन्त्री जनार्दन शर्माको नाम लिंदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्थायी घर प्यूठान भएका पोख्रेलले गौतम गृहमन्त्री रहेका समयमा पीडितलाई सिंहदरबारभित्रै प्रवेश गराएर विश्वास दिलाई ‘मैले गृहमन्त्रीलाई भेटें राष्ट्रिय अनुसन्धान विभागमा तपाइँको जागिर पक्का हुने भयो’ भन्दै पैसा असुल्दै आएको पीडितले प्रहरीमा बयान दिएका छन् ।

महाशाखाका अनुसार पोख्रेलले २०६७ मा शर्मा र अर्का माओवादी नेता हिमाल शर्माको नाममा नबिल र किष्ट बैंकमा नक्कली खाता खोलेका थिए ।

तत्कालीन समयमा पोख्रेलले किष्ट बैंकका म्यानेजरलाई जनार्दन शर्मा नै बोलेको भनेर पटकपटक गरी लाखौं रुपैंया लिएर फरार भएका थिए ।

सोही अभियोगमा उनीमाथि अदालतले दुई वर्ष कैद र दुई लाख २९ हजार रुपैंयाको जरिवाना सुनाएको थियो । पोख्रलमाथि केही युवतीलाई मायाजालमा फसाएर आफ्नो बैंक एकाउन्ट पैसा राख्न लगाएर ठगी गर्दै आएको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.