पश्चिम नेपाल आज पनि अशान्त

पश्चिम नेपाल आज पनि अशान्त

सरकारले संसदमा मंगलबार राति दर्ता गराएको संविधान संशोधन प्रस्तावमा प्रदेशन नम्बर पाँचका पहाँडी एवम् तराई मेधेशका जिल्लालाई छुटएपछि उक्त क्षेत्रमा बुधबारदेखि आन्दोलन चर्किएको छ । जिल्लास्थित प्रमुख राजनीतिक दलको भातृसंगठनहरुले अनिश्चितकालीन बन्द गरेका छन् । 

संविधान संशोधनविरुद्ध चर्कियो आन्दोलन

भिंगृः संविधान संशोधन मार्फत सरकारले प्यूठान र रोल्पालाई ४ नम्वर प्रदेशमा लगेको विरुद्धमा दुई जिल्लाका जनता सडकमा निस्किएर विरोध गरेका छन् । यसअघि कायम गरिएको प्रदेश नम्वर पाँच नै उपयूक्त हुने भएकाले पुरानैलाई कायम राख्न माग गर्दै दुवै जिल्लाले संविधान संशोधनको चर्को विरोध गरेका हुन् ।

संविधान संशोधनको हल्ला भएदेखि आ–आफ्नो जिल्लामा संघर्ष समिति गठन गरी विरोध गरेपनि आन्दोलनलाई थप शसक्त बनाउन संयूक्त संघर्ष समिति गठन गरिएको छ । समितिले विहिवार दुवै जिल्लाको सिमाना रोल्पा खुंग्रिस्थित चर्तुभुजमा संयूक्त विरोध सभा गरेको छ । सभामा दुवै जिल्लाका गाउँ गाउँबाट सर्वसारधण सहभागी भएर विरोध जनाएका छन् । बृद्धबृद्धा, बालवालिकाको समेत विरोधका लागि भेलामा सहभागीता देखिएको थियो ।

संविधान संशोधन मार्फत सरकारले आफूहरुको अधिकार खोस्न लागेकाले आन्दोलनलाई परिणाममुखी बनाएरै छाड्ने दुवै जिल्लावासीले अठोट लिएका छन् । ‘सरकारले पहाडलाई तराईसँग टुक्र्याएर पुस्तौदेखिको सम्वन्ध टुटाउँन खोजेकोे छ',संयूक्त संघर्ष समितिका सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले भने,‘व्यवसायिक र पारिवारिक नाता दुवै जिल्लाको पाँच नम्वरमै पर्छ । सडकबाटै भएपनि अधिकार प्राप्त गर्ने छौँ ।' पुरानै पाँच नम्वर प्रदेश कायम गरेर संविधान कार्यन्वयनलाई जोड दिन उनले सरकारलाई आग्रह गरे ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका उपसचेतक एवं रोल्पाका सांसद् गोकुल घर्तिले संविधान संशोधनमा सरकारको प्रयास असफल पारेरै छाड्ने चेतावनी दिए । ‘अहिले संविधान संशोधन गर्नेबेला होइन',घर्तिले भने,‘बनेको संविधानलाई कार्यन्वयन गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ ।' मिलेको प्रदेशलाई टुक्र्याएर संविधान संशोधन मार्फत तराई पहाड विचको सम्वन्ध विगार्न खोजेको उनको भनाई छ । ‘सडक र सदनबाटै जनताको अधिकार सुनिश्चत गर्नेछौँ',उनले भने,‘सरकारले आत्मघाती कदम चालिरहेको छ ।'

मंगलवार राती सरकारले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे लगत्तै दुइ जिल्लाका सर्वसाधरणले सडमै उत्रिएर आन्दोलन गरिरहेका छन् । प्रस्ताव दर्ताको भोलीपल्ट प्यूठानीले जिल्ला ठप्प पारेका थिए ।

‘आन्दोलनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने छौँ',रोल्पा प्यूठान संयूक्त संघर्ष समितिका संयोजक एवं प्यूठानका पूर्व सांसद् मुक्ती प्रसाद शर्माले भने,‘अवको आन्दोलन राजमार्ग केन्द्रित हुनेछ ।' पाँच नम्वरबाट अलग पारिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, रुपन्देहीसँग मिलेर आन्दोलन गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

सरकारले पाँच नम्वर प्रदेशका जिल्लाको भावना विपरित निर्णय गरेकाले यस क्षेत्रका सत्ताधारी दलनै सरकारको खुलेरै विरोध गरिरहेका छन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपनि जनभावना विपरित सरकारले निर्णय गरेको नेकपा माओवादी केन्द्र प्यूठान जिल्ला सह संयोजक कृष्ण अधिकारी(प्रकाश)ले बताए ।

भेलामा प्यूठानको माडी क्षेत्रमा पर्ने चकचके, देविस्थान, भिंगृका व्यवसायीहरुले पसल बन्द गराएर आन्दोलनलाई सघाएका थिए । संशोधनको विरोधमा शुक्रवार प्यूठानका दशवटै वजार केन्द्रमा विरोधसभा गर्ने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।

संविधा संशोधन प्रस्ताव विरुद्ध आन्दोलन

कपिलवस्तुः सकारले संविधान संशोधनका माध्ययमबाट ५ नम्बर प्रदेशलाई पहाडी जिल्लाबाट अलग गराउन अघि सारेको संशोधन प्रस्तावको विरुद्धमा आन्दोलित बनेका छन् । आन्दोलनका कारण जिल्लाको चन्द्रौटा चार नम्वर जितपुर, बनगाई, गोरुसिंगे, इमिलिया, चन्द्रौटा लगायतका स्थानहरुमा जनजीवन प्रभावित बनेको छ ।

प्रदेश ट्क्रयाउने गरी अघि बढाईएको संशोधन प्रस्ताव आफुहरुलाई मान्य नहुने बताउंदै पुर्व पश्चिम राजमार्गमा विहानैदेखी स्थानीयवासिन्दा प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनका कारण जिल्लाको उत्तरी क्षेत्रका शैक्षिक संस्था र बजार बन्द भएका थिए । प्रर्दशनमा अधिकांश, युवा, विद्यार्थिको सहभागीता रहेको छ ।

आन्दोलनका कारण बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधन चलेका छैनन् । गोरुसिंगेबाट अर्घाखांची जाने आउने यातायातका साधन समेत ठप्प छन् । फाटफुट मात्र राजमार्गमा यातायातका साधन चलेका छन् ।

ठाउंठाउंमा स्वत स्र्फुत प्रदर्शनमा उत्रेका सहभागीले दलिय एकता कायम छ, हिमालपहाड तराई कोही छैन पराई भन्ने नारा लगाएका छन् । तर सदरमुकाम तौलिहवा, महाराजगंज, बहादुरगंज, कृष्णनगर लगायतका स्थानहरुमा भने आन्दोलनको कुनै प्रभाव परेको छैन ।

प्रहरी र प्रदर्शनकारीबीच दुई घण्टा लगातार ढुंगा हानाहान

बुटवलः बुटवलको आन्दोलन नियन्त्रण बाहिर गएको छ । दिउसो शान्तिपूर्ण भएको आन्दोलन मध्याह्नपछि अराजक भएको थियो । बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच झण्डै दुई घण्टा ढुंगा हान भएको छ । बुटवलको पुष्पलाल पार्कमा रहेको शहिद स्तम्भमा अंकित हसिया र हटौडा हटाउन खोजिरहेका प्रदर्शनकारीसंग झडप भएको हो ।

पुष्पलाल पार्कको तीन वटै द्वारमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भयो । ढुंगा हानाहानमा दुई प्रहरी जवान र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेको उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भएको छ । प्रहरीमाथि प्रदर्शनकारीले चारैतिरबाट ढुंगा बर्साएपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

पुष्पलाल पार्कको हसिया हथौडा हटाएर नेपालको राष्ट्रिय झण्ड राख्न प्रहरीले सहमति दिएपछि तनावको स्थिति हटेको छ । नेतृत्व विहिन हरेका प्रदर्शनकारीले अन्धाधुन्द ढुंगा बर्साएपछि लुम्बिनी अञ्चल अस्पतालका आएका बिरामीहरु उपचार सकेर घर जान समेत बञ्चित बने । बिरामी बोकेर आएका एम्बुलेन्समाथि पनि ढुंगा प्रहार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.