आइओएमको डीनमा डा. जगदीश अग्रवाल नियुक्त

काठमाडौंः चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा डा. जगदीश अग्रवाल नियुक्त भएका छन्।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले शनिबारबाटै लागू हुने गरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो।
यसअघि गत कात्तिक २८ गते त्रिवि उपकुलपति कार्यालयले आइओएमको डीनमा प्रा.डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेपनि शुक्रबार उनले राजीनामा दिएका थिए। सिंह डीनमा नियुक्त भएपछि त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसी वरिष्ठताका आधारमा डीन नियुक्त गर्नु पर्ने माग राख्दै आमरण अनशन सुरु गरेका थिए।
सिंहले अामरण अनशनमा बसेका डा.केसीको जीवन रक्षाका लागि भन्दै शुक्रबार २० औं दिनमा राजीनामा दिएका थिए। आइओएमको नयाँ डीनमा डा. अग्रवाल वरिष्ठ प्रध्यापक हुन्।
प्रतिक्रिया दिनुहोस !
