१३ औं साग तीन वर्षपछि नेपालमा हुने

१३ औं साग तीन वर्षपछि नेपालमा हुने

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१९ को मार्चमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिल (साओक)को शनिबार नेपालमा सम्पन्न बैठकले १३ औं साग ०१९ को मार्च ९ देखि १८ सम्म आयोजना गर्ने निर्णय गरेको हो।

१३औं साग आयोजनाको जिम्मेवारी यसअघि नै नेपालले पाइसकेको छ। बैठकले १३औं सागमा २२ देखि २५ खेल समावेश गर्ने निर्णयसमेत गरेको छ । यद्यपि खेल कुन–कुन हुने भन्नेबारे भने कुनै निर्णय गरेको छैन।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यालयमा बसेको बैठकमा पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका प्रतिनिधिहरू सहभागी थिए। पाकिस्तानबाट खालिद महमुद, श्रीलंकाबाट चाल्स वेलिङ्टन डेभाराजा र म्याक्सवेल प्रियन्थम, बंगलादेशबाट फक्रुदिन हइदर तथा भुटानबाट जिग्मे थिन्ले र कर्मा छिरिङ सहभागी थिए । बैठकमा दक्षिण एसियाकै शक्तिराष्ट्र भारतसहित माल्दिभ्स भने सहभागी थिएन।

बैठकले साओकको पदाधिकारीसमेत चयन गरेको एनओसीले जनाएको छ । यसमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ साओकको अध्यक्ष तथा लामा टेन्डी शेर्पा महासचिव चुनिएका छन् । साथै बैठकले साओकको कार्यालय नेपालमै राख्ने निर्णयसमेत गरेको छ । साओकको अर्काे बैठक आगामी जुलाईमा भुटानमा बस्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.