चेल्सीद्वारा म्यानचेस्टर सिटी ३–१ ले पराजित
काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।
शनिबार साँझ भएको खेलमा एक सून्यले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले म्यान सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४५ औं मिनेटमा चेल्सीका ग्यारी काहिलले आत्मघाती गोल गरेपछि पहिलो हाफमा म्यान सिटीले १–० को अग्रता पाएको थियो।
तर, खेलको ६० औं मिनेटमा डिएगो कोष्टाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। खेलको ७० औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ९० औं मिनेटमा हाजार्डले गोल गरेपछि चेल्सीले सिटीमाथि ३–१ को जित दर्ता गर्यो।
जितपछि चेल्सी १४ खेलबाट ३४ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा कायमै छ। एक खेल कम खेलेको लिभरपुल ३० अंकसहित दोस्रो स्थानमा छ भने सिटी १४ खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा यथावत छ।