ब्राजिलले कोलम्बियालाई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गर्‍यो

ब्राजिलले कोलम्बियालाई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गर्‍यो

काठमाडौंः ब्राजिलले कोलम्बियालाई मैत्रीपूर्ण फुटबल खेलका लागि आमन्त्रण गरेको छ।

कोलम्बियामा भएको प्लेन दुर्घटनामा परी ज्यान गुमाएका ब्राजिलियन क्लब च्यापेकोेनिजका खेलाडीका परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ ब्राजिलले कोलम्बियालाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको हो। मैत्रीपूर्ण खेलबाट उठेको रकम मृतक खेलाडीका परिवारलाई हस्तान्तरण गरिने छ।

ब्राजिल फुटबल कन्फेडेरेशनका प्रवक्ताले कोलम्बियालाई मैत्रीपूर्ण फुटबल खेलका लागि आमन्त्रण गरिएको बताएका छन्। उनले भनेका छन्,‘मैत्रीपूर्ण खेलका लागि हामीले आमन्त्रण गरेका छौं। मैत्रीपूर्ण खेल विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडीप्रतिको सम्मान पनि हो। यो नै उनीहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’

उनले कोलम्बियालाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरिएको र उपयुक्त समयमा खेलका लागि आउने विश्वास व्यक्त समेत गरेका छन्। मैत्रीपूर्ण खेलका लागि समय भने जनवरी २२ अवथा २४ का लागि तय गरिएको छ। उनले कोलम्बिया उक्त मितिमा आउन नसके अरु कुनै देशसँग भएपनि ब्राजिलले मैत्रीपूर्ण खेल खेल्न बताए।

ब्राजिलियन फुटबल कन्फेडेशनले च्यापेकोनिज क्लबलाई ११ मिलियन पाउन्ड स्टर्लिङ डलर सहयोग दिने घोषणा गरिसकेको छ। ब्राजिलियन क्लब च्यापेकोनिजका खेलाडी सवार विमान कोलम्बियाको मेदेजिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको पहाडी क्षेत्रमा दुर्घटना हुँदा ब्राजिलका १८ खेलाडी ज्यान गएको थियो। च्यापेकोनिज क्लब कोलम्बियाको एथ्लेटिको नेशनलसँग सुडामेरिका कपको उपाधिका लागि प्रतिस्पर्धा गर्न त्यसतर्फ जाँदै थियो।

यो पनि पढ्नुस्:

कोलम्बियामा दुर्घनाग्रस्त विमानः जसमा मेसीसहित अर्जेन्टिनी टोली ब्राजिल जाँदा यात्रा गरेको थियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.