सात खेलमा गोलबिहीन नेमार
काठमाडौंः एल क्लासिको भिडन्तमा ब्राजिलियन स्टार नेमारले गोलका लागि लुइस स्वारेजलाई मौका मिलाइदिए। नेमारकै फ्रिकिकमा स्वारेजले खेलको ५३ औं मिनेटमा हेड गोल गर्दै एल क्लासिकोमा रियल मड्रिडविरुद्ध बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, अन्तिम समयमा रियल मड्रिडका लागि सर्जियो रामोसले हेडमार्फत नै गोल गरेपछि खेल १–१ बराबरीमा सकिएको थियो। रियल मड्रिडविरुद्धको खेलमा नेमारले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए।
रियलविरुद्धको खेलमा गोल गर्न सकेनन्। प्रतिबन्धका कारण नेमार बार्सिलोनाले खेल्ने दुई खेल गुमाउँदैछन्। डिसेम्बर १८ मा स्पानियोलविरुद्धको खेलमा नेमार बार्सिलोनाका लागि उपलब्ध हुनेछन्।
ला लिगामा खेलेका सातवटा खेलमा गोल गर्न नसकेको नेमारले यो पहिलो पटक हो। नेमारले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको बोरुसियाविरुद्धको खेल प्रतिबन्धका कारण गुमाउँदैछन्। यस्तै ला लिगामा लगातार पाँचवटा पहेंलो कार्ड खाएका कारण ओसासुनाविरुद्धको खेल पनि नेमारले गुमाउनेछन्।
यो सिजन नेमारले ला लिगामा चार गोलमात्रै गरेका छन्।