च्याम्पियन्स लिगमा ५० औं गोल गर्ने बेन्जिमा छैठौं खेलाडी
काठमाडौंः रियल मड्रिडका करिम बेन्जिमाले च्याम्पियन्स लिग फुटबलमा ५० औं गोल गरेका छन्। योसँगै बेन्जिमा च्याम्पियन्स लिग फुटबलमा ५० गोल गर्ने छैठौं खेलाडी बने।
गएराति रियल मड्रिडको घरेलु मैदानमा सान्टियागो बर्नबाउमा भएको च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बेन्जिमाले बोरुसिया डर्टमण्डविरुद्ध दुई गोल गर्दै ५० औं गोल गर्ने खेलाडीको सूचीमा परेका हुन्।
च्याम्पियन्स लिग फुटबलमा बेन्जिमाले ५० औं गोल पूरा गर्दा रियल मड्रिड भने बोरुसिया डर्टमण्डसँग २–२ गोलको बराबरीमा रोकियो।
२८ वर्षीय बेन्जिमा सन् २००९ लियोनबाट च्याम्पियन्स लिग फुटबलमा डेब्यु गरेका थिए।
च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा बढी गोल गर्ने रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो हुन्। रोनाल्डोले अहिलेसम्म ९५ गोल गरेका छन्।
यस्तै बार्सिलोनाका लियोनल मेसीले ९३, रियल मड्रिडका पूर्व खेलाडी राउलले ७१ गोल गरेका छन्। रुड भान र हेनरीले समान ५६ गोल गरेका छन्।