प्राविधिकको अभाव झेल्दै बक्सिङ 

प्राविधिकको अभाव झेल्दै बक्सिङ 

पोखराः प्राविधिक जनशक्तिको अभाव भएपछि आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बक्सिङको विभिन्न तीन क्षेत्रको छनोट प्रतियोगिता एकै स्थानमा गरिएको छ । सातौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको क्षेत्रीय छनोट खेल कास्कीको पोखरामा बिहीबार सम्पन्न गरिएको छ । पर्याप्त जनशक्ति नभएपछि मध्यमाञ्चल र पूर्वाञ्चलको क्षेत्रीय छनोट पनि सुनसरीमै गरिएको छ ।

बिहीबार सम्पन्न छनोट खेलमार्फत पश्चिमाञ्चलबाट ४९ केजी तौलसमूहमा विष्णु गौतम, ५६ केजी तौलसमूहमा दिनेश बानियाँ, ६० केजी तौलमा सविन गुरुङ, ९१ केजी तौलसमूहमा विजय आलेमगर तथा ९१ केजी तौलसमूहमा ओमप्रसाद गुरुङ छनोट भएका छन् ।

पाँचै खेलाडी कास्कीका हुन् । यस्तै ५२ केजी तौलसमूहमा पाल्पाका चिरञ्जीवी राना, ६९ केजी तौलसमूहमा कपिलवस्तुका सागर शाही, ७५ केजी तौलसमूहमा रूपन्देहीका नरेश थापा तथा ८१ केजी तौलसमूहमा नवलपरासीका नुरेन्द्र गुरुङ छानिएका छन् ।

सुदूरपश्चिमाञ्चलबाट ४९ केजी तौलसमूहमा गौरव चन्द, ५२ केजी तौलसमूहमा महेन्द्र चन्द, ५६ केजी तौलसमूहमा राजेश चन्द तथा ६० केजी तौल समूहमा रामबहादुर थापा छनोट भएका छन् । छनोट हुने चारै खेलाडी कञ्चनपुरका हुन् । सुदूरपश्चिमबाट ६४ केजी तौलसमूहमा बाजुराका प्रशान्त दाहाल र ६९ केजी तौलसमूहमा कैलालीका लक्ष्मण थामामगर छनोट भएका छन् ।

यस्तै मध्यपश्चिमाञ्चलबाट ४९ केजी तौलसमूहमा चन्द्रबहादुर थापा, ५२ केजी तौलसमूहमा प्रेम चौधरी, ५६ केजी तौलसमूहमा चन्द्रज्योति थापा, ६० केजी तौलसमूहमा युरेन्द्र बुढामगर छनोट भएका छन् । उनीहरू चारैजना दाङका खेलाडी हुन् ।

६४ केजी तौलसमूहमा रोल्पाका विपिन रोकामगर र ६९ केजी तौलसमूहमा जाजरकोटका अर्जुन बुढामगरले मध्यपश्चिमबाट सातौंका लागि छनोट पक्का गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.