हलिउडको हिरो बन्ने रोनाल्डोको चाहना

हलिउडको हिरो बन्ने रोनाल्डोको चाहना

काठमाडौंः पोर्चुगिस खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक क्लब फुटबल खेलिरहेका छन्। रोनाल्डो रियल मड्रिडका सवैभन्दा महँगा र भरपर्दा खेलाडी हुन्।

तिनै खेलाडी रोनाल्डोलाई समर्थकले भविष्यमा हलिउडमा पनि देख्न सक्नेछन्। पोर्चुगललाई युरोकप र रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डो बेनोन डि’अरको उपाधिका प्रमुख दाबेदार हुन्। रोनाल्डोसँगै बेलोन डि’अरको उपाधिका लागि बार्सिलोनाका लियोनल मेसी र एन्टोनी ग्रिजम्यान पनि प्रतिस्पर्धामा छन्।

‘फोर फोर टु’ म्यागेजिनसँगको अन्तर्वार्तामा ३१ वर्षीय खेलाडी रोनाल्डोले फुटबलबाट आफूले सन्यास लिएपछि हलिउडमा फिल्म खेल्ने इच्छा रहेको बताएका हुन्। उनले भनेका छन्,‘अहिले फुटबल नै मेरो जीवन हो। फुटबलबाट सन्यास लिएपछि म फिल्म खेल्न चाहन्छु।’

‘फोर फोर टु’ म्यागेजिनको २०१६ को वार्षिक संस्करणमा विश्वकै उत्कृष्ट फुटबलरको रुपमा कभर पेजमा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई राखिएको छ। जहाँ बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई कुनै स्थान दिइएको छैन। उक्त म्यागेजिनको आँखामा रोनाल्डो नै मूख्य खेलाडीको रुपमा उभ्याइएको छ।

रोनाल्डोसँगै ‘कभर पेज’मा बार्सिलोनाका लुइस स्वारेज, लेष्टर सिटीका रियाद महरेज, बोरुसिया डर्टमन्डका पिएरी एमरिक र वार्यन म्युनिखका बोटेङलाई पनि राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.