प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश
काठमाडौः प्रभु क्यापिटल लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सोमबार सञ्चालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा बसेको आठौं वार्षिक साधारण सभाले आव २०७२/७३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सञ्चालक समितिमा भएको परिवर्तनलाई अनुमोदनसमेत गरेको छ ।