डबल लेन्सका स्मार्टफोनमा ग्राहकको आकर्षण

डबल लेन्सका स्मार्टफोनमा ग्राहकको आकर्षण

काठमाडौः सामान्य कुराकानी ‘हेलो’ बाट सुरु भएको फोनको प्रयोग एसएमएस, गेम, आईओएस, मल्टी टास्किङ र एन्ड्रोएड हुँदै कम्प्युटर र ल्यापटका रूपमा गर्न थालिएको छ । स्मार्टफोन अहिले कनेक्टिभिटी, इन्टरनेट, इमेल र अन्य महत्वपूर्ण फाइल राख्न प्रयोग भइरहेको छ ।

पछिल्लो समय प्रयोगकर्ताले स्मार्टफोनलाई क्यामराका रूपमा प्रयोगमा ल्याइरहेका छन् । यसको फलस्वरूप अहिले बजारमा डबल लेन्स क्यामरासहितका स्मार्टफोन उपलब्ध छन् । अहिले बजारमा उपलब्ध स्मार्टफोनमध्ये आइफोन ७ र हुवावेको पी ९ मा डबल लेन्स फोन हुन् ।

विश्व बजारको तुलना गर्ने हो भने उच्च मूल्यका समार्टफोनमध्ये हुवावे, आइफोन र एलजीले डबल लेन्स क्यामरासहितका स्मार्टफोन ल्याएका छन् । यसले स्मार्टफोन बिक्रीमा तहल्का नै मच्चाएको छ । यस वर्ष हुवावे विश्व स्मार्टफोन उत्पादन कम्पनीमध्ये सबैभन्दा बढी मुनाफा गर्ने कम्पनी भएको छ ।

यसको प्रमुख कारण पनि कम्पनीले बजारमा ल्याएका डबल लेन्स क्यामरासहितका स्मार्टफोन पी ९ र पी ९ प्लस रहेको हुवावे मोबाइलका नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांग बताउँछन् । त्यस्तै नेपालमा भित्रिएको तीन दिनमै १८ सयभन्दा बढी आइफोन सेभेनको बिक्री हुनु पनि त्यसमा प्रयोग गरिएको क्यामरा प्रमुख रहेको बताइएको छ ।

प्रधानांगका अनुसार ग्राहकले क्यामरा भएको स्मार्टफोनभन्दा क्यामराका लागि स्मार्टफोन खरिद गर्न थालेका छन् । ग्राहकको चाहनालाई मध्यनजर राख्दै स्मार्टफोन उत्पादक कम्पनीले क्यामरालाई प्रथामिकतामा राखेर आफ्ना उत्पादन बजारमा ल्याउने गरेका छन् । यसैको फलस्वरूप डबल लेन्स क्यामरासहित स्मार्टफोन बजारमा आएका हुन् ।


दुई वटा क्यामरा अर्थात् बढी सेन्सर

स्मार्टफोनमा डीएसएलआर क्यामरा प्रयोग गर्न सकिएको छैन् । तर राम्रो फोटाका लागि ठूलो सेन्सर एरिया नै चाहिन्छ जुन सानो उपकरणमा सम्भव हुँदैन । फोनमा दुई वटा क्यामरा प्रयोग गरी सेन्सर एरिया बढाइएको हुन्छ जसले बढी पिक्सल डाटा र डिटेल खिच्न सकिन्छ ।

जस्तोसुकै लाइटमा पनि उत्कृष्ट

हालसम्मका स्मार्टफोनबाट प्रयाप्त प्रकाश नभएका ठाउँमा फोटो खिच्दा अप्टिकल इमेज स्टेविलाइजेसन (ओआइएस) को प्रयोग गरिन्छ । तर डबल लेन्स क्यामरा भएका फोनमा ठूलो सेन्सर एरिया हुने भएकाले जुनसुकै समयमा पनि उत्कृष्ट फोटो लिन सकिन्छ ।

सस्तो मूल्य

डीएसएलआर क्यामरा खरिद गर्न चाहिने रकमले दुई वटा स्मार्टफोन किन्न सकिन्छ । हुवावेले मिड रेन्जका फोनमा पनि डबल लेन्सयुक्त स्मार्टफोन ल्याउने तयारी गरिरहेको जनाएको छ । यसबाट कम बजेटमा डबल लेन्सयुक्त स्मार्टफोन खरिद गर्न सकिने भएको छ ।

रियल र अप्टिकल जुम


सिंगल क्यामरा भएको स्मार्टफोनमा डिजिटल जुमको प्रयोग गरिएको हुन्छ भने डुअल क्यामरामा रियल र अप्टिकल गरी दुई छुट्टा–छुट्टै लेन्सको प्रयोग गरिएको हुन्छ । डिजिटल जुमले फोटो खिचेपछि फोटोलाई ठूलो बनाउने काम गर्छ जुन रियल टाइममै हुन्छ । अर्कोतर्फ अप्टिकल जुमले फोकल लेन्थ मिलाउने र वस्तुलाई नजिक ल्याउने काम गर्छ जसको प्रयोग अनुभवी फोटोग्राफरले मात्रै गर्छन् ।

डेप्थ अफ फिल इफेक्ट

डुअल लेन्स स्मार्टफोन प्रयोगकर्ताले सबैभन्दा बढी रुचाउने भनेकै डेप्थ अफ फिल इफेक्ट हो । यसमा एकभन्दा बढी लेन्सको मद्दतले ब्याकग्राउन्डलाई धमिलो बनाई आफूले रोजेको वस्तुलाई फोकसमा राखिन्छ । तर एउटा मात्र क्यामरा भएको स्मार्टफोनमा यो इफेक्ट प्रभावकारी रूपमा लागू गर्न सकिदैन । केही स्मार्टफोनमा एप्सको मद्दतले उक्त इफेक्टको प्रयोग गरिए पनि डुअल क्यामराले दिने रियल डेप्थ, लेयर र कन्ट्रास्टसहित धमिलो ब्याकग्राउन्ड बनाउन सकिदैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.