रत्न र शिक्षा क्वार्टरफाइनलमा

रत्न र शिक्षा क्वार्टरफाइनलमा

काठमाडौः नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ बुधबार नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अमन कुमारलाई २१-१३ र २१-१९ को सोझो सेटमा हराए । महिला एकलतर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२-२०, १९-२१, २१-१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् ।

यसैगरी रत्नजित र दीपेश धामीको जोडी पनि पुरुष डबल्स स्पर्धाको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । रत्न र दीपेशको जोडीले बंगलादेशका मोहम्मद अनामुल हक र मोज्जाम हुसैनको जोडीलाई १८-२१, २१-१६ २१-६ ले पराजित गर्‍यो ।

पुरुष एकलतर्फको अन्य खेलमा बंगलादेशका तुषारकृष्ण रोयले माल्दिभ्सका नासिहु साराफुद्दिनलाई २१-६, २१-१०, भियतनामका दुक फात लेले नेपालका दीपेश धामीलाई २१-१३, २१-१२, भारतका सिद्धार्थ ठाकुरले भियतनामका क्वाङ ह्यु दाङलाई २१-८, २१-१३, भियतनामका काव कुओङ फामले इरानका अमिर जोवारीलाई २१-१३, २१-१२, बंगलादेशका मोहम्मद सलमान खानले भारतका अरुण कुमारलाई १९-२१, २१-१७, २१-१८, पाकिस्तानकी रिजवान आजमले भियतनामकी डुक गियाङ ङयुयेनलाई २१-१७, २१-१७ र भारतका अभिषेक यलगरले नेपालका विष्णु कटुवाललाई २१-६, २१-११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला एकलतर्फ भियतनामकी थुई लिन्ह ङयुएन पनि क्वार्टरफाइनल प्रवेश गरिन् । नेपालकी पुनम गुरुङले प्रतियोगितबाट आफ्नो नाम फिर्ता लिएपछि उनी स्वतः क्वार्टरफाइनलमा पुगेकी हुन् । इरानकी अघाई हाजीआघा सोरायाले नेपालकी अमिता गिरीलाई २१-६, २१-१३, पाकिस्तानकी पल्वसा बसिरले मालदिभ्सकी नफा नसरुल्हालाई २१-४, २१-८, इन्डोनेसियाकी देभी युनिता इन्दाह सारीले बंगलादेशकी अख्तर सप्लालाई २१-१६, २३-२१, पाकिस्तानकी महुर साहजादले नेपालकी नङ्सल तामाङलाई २१-१८, २१-१९ र भियतनामकी थी फुओङ थ्वे त्रानले मालदिभ्सकी माइसा फतुल्लाह इस्माइललाई २१-१५, २१-१० ले पराजित गरे । सबै विजेता क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष डबल्समा माल्दिभ्सका एच ज्यान सहिद र एन सराफुद्दिनको जोडीले नेपालका दीपक बोहरा र भूगोल गुरुङको जोडीलाई २१-१८, ९-२१, २१-१३ ले हरायो भने पाकिस्तानका रिजवान आजम र सुल्हेरी कासिफ अलीको जोडीले नेपालका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकारबाट वाकओभर पायो ।

यसैगरी भारतका अरुण जर्ज र सौरभ शर्माको जोडीले नेपालका इरफान अन्सारी र सञ्जीव खड्काको जोडीलाई २१-९, २१-१०, बंगलादेशका एम खान र टी रोयको जोडीले नेपालका जोसेफ अधिकारी र सुमन लिम्बूको जोडीलाई १७-२१, २१-९, २१-९ र भियतनामका क्वाङ ह्यु दाङ र डुक गियाङ ङयुयेनको जोडीले नेपालका विजित थापामगर र विष्णु कटुवालको जोडीलाई २१-१४, २१-१० ले पराजित गर्दै क्वार्टफाइनलको यात्रा तय गरे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन सिरिजको महिला डबल्स स्पर्धामा बंगलादेशकी अख्तर सप्ला र अलिना सुल्तानको जोडीले नेपालका मेघा चन्द र सुनैना मुखियाको जोडीलाई २१-८, २१-११, भारतका अनुस्खा पारिख र हरिका भेलुदुर्थीको जोडीले नेपालका अमिता गिरी र शिक्षा श्रेष्ठको जोडीलाई २१-७, २१-८ र इरान र इन्डोनेसियाका ए हजिआघा सोरया र डी इन्दाह सारीको जोडीले माल्दिभ्सका माइसा फथुल्लाह इस्माइल र नफा नसरुल्लाहको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै क्वार्टरफाइनमा स्थान पक्का गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.