संविधान संशोधन प्रस्ताव असंवैधानिक: पोखरेल

संविधान संशोधन प्रस्ताव असंवैधानिक: पोखरेल

पोखरा: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताएका छन्।

प्रेस चौतारी नेपाल कास्की शाखाले अाइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिए।

पहाड र मधेसका बीचमा सामाजिक सद्भाव कायम गर्दै मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उनले प्रदेश नं ५ का पहाडी जिल्ला चार नं मा गाभ्नुपर्ने माग कसैको पनि नभएको जिकिर गरे।
'सरकारलाई प्रस्ताव फिर्ता लिन अप्ठेरो परे संसद् स्थगन गरेर अगाडि बढ्न सकिन्छ,'उनले भने,' मुलुकमा एक वर्षभित्र तीन वटै तहको निर्वाचन गरेर संविधान कार्यान्वयतर्फ लाग्नुपर्छ।'

कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वाभिमानका लागि पार्टी कहिल्यै पछि नपर्ने बताउँदै एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.