‘मधेसमा समाप्त हुने एमाले भय

‘मधेसमा समाप्त हुने एमाले भय

काठमाडौः एमाले मधेसमा समाप्त हुने भय र त्रासले पहाडिया राष्ट्रवादको नारा बौक्दै संसद अवरुद्ध गर्दै संविधान संशोधन प्रस्ताव रोकेको आरोप मधेसी मोर्चाका शीर्ष नेताहरुले लाएका छन् ।

जन आन्दोलन २०४६ देखिको २७ बर्षसम्ममा एक नेता राष्ट्रपति र चारचार शीर्ष नेताले प्रधानमन्त्री जस्तो राज्य संचालनको नेतृत्वमा पुगेको पार्टीले संसदीय मूल्य, मान्यता, मर्यादा र जिम्मेवारी विपरित संसदमा कुनै प्रस्ताव ल्याउन दिन्न भन्नुको अर्थ उ जनतामा विश्वास गर्दैनभन्ने स्पष्ट हुनु हो भन्ने धारणा मोर्चाका नेताहरुले अन्नपूर्णसंग बिहिबारको कुराकानीमा व्यक्त गरे ।


मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सरकारले संसदमा गत १४ गते दर्ता गराएको संशोधन प्रस्तावलाई टेबुलसम्म गर्न नदिने गरी एमालेले गरेको संसद अवरोधले उ संसदीय प्रणालीप्रति प्रतिवद्धता नभएको स्पष्ट हुने बताए । संसदीय प्रक्रिया मिचेर संसद नै अवरुद्ध गर्दै प्रस्ताव ल्याउन नदिने ‘हट' अलोकतान्त्रिक र गैर संसदीय चरित्र भएको उनले आरोप लाए ।

२०४६ को परिवर्तनका साथ संसदीय प्रणालीमा प्रतिवद्ध भएको पार्टीबाट यस्तो कदम अघि बढेकोमा उनले खेद व्यक्त गरे । भण्डारीले एक प्रश्नको उतरमा भने,‘एमालेले संसदमा संशोधन प्रस्तावसम्म टेबुल गर्न नदिनुको कारण सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गुमाउनु र सो पार्टी सत्तामा भाग नपाउनु नै हो ।'

संसदमा संशोधन प्रस्तावै टेबुल गर्न दिन्न भन्दै पहाडिया राष्ट्रवाद अघि बढाउदै मुलुक विभाजनको अर्थ ‘मधेस गुमे पनि पहाडलाई भोट वैंक' बनाउन खोज्नुभन्दा अरु केही नभएको दाबी उनले गरे । उनलेभने,‘ एमाले भित्रको एक गुटले उग्र राष्ट्रवादको नारा दिदै यो मुलुकको एक भाग विभाजन गर्न खोज्दैछ । त्यो कार्य रोक्न संविधान संशोधन गर्दै यो संविधान सर्वस्वीकृत हो भन्ने जनमत सृजना गर्नु पनि अपरिहार्य छ ।' सोही उद्देश्यका साथ सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीच शनिबार बसेको बैठकमा एकमत भएको जानकारी भण्डारीले दिए ।

उनले भने,‘ संसदमा संशोधन प्रस्तावमाथि हुने प्रक्रियामा संशोधन प्रस्ताव मार्फत सरकारको प्रस्तावमा संशोधन गरिने सहमति आफुहरुबीच भएको छ ।'

एमालेको डवल स्टायण्डरले मुलुक संकटमाः यादव

फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले एमालेमा रहेको ‘डवल स्टायण्डर'ले यो मुलुक संकटमा फसेको उदारहण संविधान निर्माण प्रक्रियाको पछिल्लो चरणदेखि दोस्रो संशोधन संसदमा टेबुल गर्न नदिने नीतिसम्मका निरन्तरको विधि र प्रक्रियामा मधेसप्रतिको व्यवहारले नै स्पष्ट गर्ने बताए ।

उनलेभने,‘संसदमा संशोधन प्रस्तावलाई विधि र प्रक्रियामा ल्याउन दिन्न भन्नुको उद्देश्य एमालेले संसदको सर्वोच्चतामाथि नै खेलवाड गरेको हो ।' एमालले संशोधन प्रस्तावलाई राष्ट्र बिरोधी, भारतीय नीति देख्नुको कारण सत्ता बाहिर पुगेको कुँठाभन्दा अरु केही नभएको यादवले बताए । ‘मुलुकलाई निकास दिन एमालले सत्ता कुंठा त्याग्नै पर्छ ।

बाल हट छोड्दै संशोधन प्रस्तवालाई अनुमोदन गर्ने कार्यमा सहयोगी हुनै पर्छ ' यादवले भने । आज मधेसभन्दा राष्ट्रिय एकता र अखण्डता अहम प्रश्न हो भन्ने कुरामा संसदमा प्रतिनिधित्व गर्नै सबै दल एकमत हुनु पर्नेमा उनले जोड दिए ।

शनिबार सत्ता पक्ष र मोर्चाबीच भएको बैठकमा प्रधानमन्त्रीको भनाई उद्घृतगर्दै यादवले भने,‘ एमालेले गणतान्त्रिक आन्दोलनको उपलब्धि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र सिध्याउने खेलमा सरिक छ ।' संसदमा रहेको संशोधन मधेसीको आँंखाबाटभन्दा राष्ट्रिय एकता र संविधानमाथि सर्वसम्मत अपनत्वको रुपमा लिन सक्नु पर्ने धारणा उनले व्यक्त गरे ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिबार सत्ता पक्ष र मधेसी मोर्चाबीच भएको अनौपचारिक सहमतिले औपचारिकता प्राप्त गर्न परिमार्जन सहित संशोधन संसदबाट पारित भएपछि हुने बताए । उनले भने,‘यस पटक पनि मधेसीले अधिकार नपाए पाँच गाँउ नपाउदा महाभारत भएझै पाँच जिल्ला मधेसी र थारुले नपाउदा नेपालमा महाभारत नहोस् ।

पूर्वको झापा, सुनसरी र मोरङ एवं सुदूरपश्चिमको कैलाली र कंचनपुर मधेस र थारु प्रदेस हुनै पर्छ ।' महाभारतको ‘कास्टिङ' त नौ महिने नाकाबन्दीबाट सिंहदरबारमा बस्ने टोपी वालले राम्रैसंग देखेको हुनु पर्छ । त्यसैले यो राष्ट्र बचाउने कार्यै मधेस र थारुबाट भएको छभने राष्ट्र सिध्याउने कार्य सिंहदरबारमा बस्ने टोपीवालहरुबाट भएको छ । '

आफुहरुले प्रधानमन्त्रीसंग शनिबार भएको परामर्शमा दाहाल जी तपाईहरुले ‘द्वयद चरित्रको राजनीति नत्यागेसम्म संविधान सर्वस्वीकृत हुन नसक्ने टिप्पणी गरेको महतोले बताए । उनलेभने,‘ हामीले स्पष्टैसंग भन्यौ,‘एकातीर संशोधन ल्याउने र अर्को तर्फ पार्टीका जिम्मेवार नेतादेखि कार्यकर्तासम्मलाई मधेस र थारु प्रदेस बिरुद्ध पांँच नम्बर प्रदेसमा आन्दोलित गराउनाको कारण स्पष्ट गर्नुहोस् ।'

महतोले अत्यन्त आक्रमक हुँंदै भने,‘एमालेले अत्यन्त घातक काम गरिरहेको छ । उसको रणनीति मधेसीलाई खतम गर्ने र यो संविधानलाई नै नोक्सान पुर्याउनु हो । त्यो भनेको भोलीका दिनमा यो संविधान समाप्त गराउदै मुलुकलाई प्रतिगमन तर्फ डोर्याउनु हो त्यसोभए यसको सम्पूर्ण दोस र जिम्मेवार एमाले नै हनु पर्छ ।'

एमालेकै कारण संविधान संशोधन, चुनाव र संविधान धरापमा परेको दाबी उनले गरे । ‘एमालेले यसैगरी मधेसीलाई पेल्ने नीति नछोडे नयां संविधान २०७४ माघ ८ गते एक्सपायर हुने छ' उनले भने ।
सत्ता पक्षले पनि मोर्चासंग शनिबार भएको सहमति अनुसार सोमबार बस्ने बैठकमा संशोधन अघि बढाउनु पर्ने माग महतोले गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.