संघीयताविरुद्ध कांग्रेस-एमालेमा बलियो धार नेता

काठमाडौः एमाले र नेपाली कांग्रेसका शिर्ष तहका नेताहरु नै संघीयताको विरुद्ध खनिन थालेका छन्। उनीहरुले आईतवबर पहिलो पल्ट सार्वजनिक रुपमा नै संघीयाताका बिरोध गरे। यसरी विरोध गर्ने नेताहरुमा एमाले उपाध्यक्ष बामदेव गौतम र नेपाली कांग्रेसका नेता राामशरण महत थिए।
उनीहरु दुबैले संघीयताका बिपक्षमा बोल्दा सहभागि हरुले ताली बजाएर त्यसलाई समर्थन गरेका थिए। एमाले निकट युवासंघ नेपाल प्रकृतिक स्रोत साधन तथा ब्यबस्थापन समितिले आईतवार राजधानीमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै एमाले उपाध्यक्ष गौतमले त नबुझी संघीयता स्विकार गरेर एमालेले गल्ति गरेको बताए।
‘ त्यसबेल माओवादीले संघीयताको कुरा अलि अलि उठाएको थियो, तर हामीले मानेनौ, पछि फेरी मधेश आन्दोलनका नाममा तराईमा पहाडीय लेखेट्ने काम भयो, युद्ध र द्धन्द्धलाई शान्तिमा परिणत होस भनेर हामीले सबै कुरा त्यसबेला मानिदएका हौ', । ‘त्यसबेला संघीयता स्विकार गरेर हामीले गल्ति गरेका हौ, अव गल्ति स्विकार गर्नुपर्छ'उनले भने
गौतमले भने। यस बिषयमा त्यसबेला पार्टीमा समेत कुनै बहस र छलफल नभएको गौतमले खुलासा गरे। ‘ माधवजी छलफलका लागि जानु भएको थियो, गिरिजाप्रसादका कारण संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भन्नुभयो' गौतमले भने। उनले त्यसका बाबजुद पनि एमालेले शान्ति प्रक्रियामा मुलुक आओस भनेर संस्थागत रुपमा कहिल्यै त्यसलाई अस्विकार नगरेको बताए।
संघीयता मन मिलेका मान्छेहरु अंकमाल गरेर बस्नका लागि हो, तर नेपालमा द्वन्द्व सिर्जना गर्न नक्कली विषय सिर्जना गरियो । वामदेव गौतम, एमाले उपाध्यक्ष
उनले पार्टी भित्र आफुले यस बिषयमा अलि अलि असन्तुष्टी राखेको भए पनि त्यसलाई बाहिर नल्याएको बताए। उनले आफुहरुलाई कस्तो खालको र के संघीयता भन्ने समेत थाहा नभएको गौतमले बताए। उनले माओवादीले जे जे भन्छ त्यो अनुसार संविधानसभाको निर्वाचन भएको दावी गरे।
संसारमा नेपाल सहित २७ देशमा संघीयता रहेको भएपनि नेपाललाई आफनै मौलिकता भएको संघीयता बनाउन नसकिएको उनले बताए। उनले संसारमा संघीयताका अनेकै रुप भएपनि नेपालमा बहुराष्ट्रको संघीयता बनाउने षडयन्त्र भएको उनले बताए।
उनले कतिपय देशमा संघीयतामा गएर फर्कदा गृहयुद्ध भएको बताए। गौतमले भने ‘संघीयता भनेको मन मिलेका मान्छेहरु अंकामल गरेर बस्नका लागि हो, तर नेपालमा द्धन्द्ध सृजना गर्नका लागि र आपसमा मारकाट गराउनका लागि सृजना गरिएको नक्कली बिषय हो' गैतमले भने। उनले नेपालमा संघीयता दिमागमा हालिदिएर जर्वस्ती संघीयतामा मुलुकलाई धकेल्ने काम भएको बताए। ‘
०६५ साल जेठ १५ गते गरिएको घोषणाबाट सबै राजनीतिक समस्या समाधान भए भन्ने मेरो मनमा लागेको थियो, तर आठ नौ बर्षको अवधीमा नक्कली समस्या खडा गरिएको छ, संघीयता र जातीयता सृजना गरिएका नक्कली समस्या हुन' गौतमले भने।
पहिला संविधान जारी हुन नदिने षडयन्त्र भयो, पछि त्यसलाई कार्यन्वयन हुन नदिने षडयन्त्र भयो, नक्कली समस्या सृजना गरेर मुलकमा फेरि द्धन्द्ध तर्फ लाने प्रयास भएको छ, बाहिरबाट आएको निर्देशन अक्षरस पालना नगरेर सम्म यस्तो द्धन्द्धमा फसाउने प्रयास जारी रहन्छ' गौतमले भने।
उनले आफुहरु त्यस्तो षडयन्त्रको विरोधमा लागि रहने दावी गर्दै भने ‘संसदमा रगत बग्ला, हामी बरु त्यहि मरौला, तर छोडनेवाल छैनौ' उनले भने। अहिले सिमा नजिक रहेका केही मानिसहरु नेपाल नरहे पनि नरहोस भन्ने मानसिकितामा पुगेको भन्दै गौतमले पारी बरावारी काम नगरी त्यो नरोकिने बताए। गैतमले त्यसो नगरे नेपाल बिखण्डन हुने पक्का पक्कि जस्तै भएको टिप्पणी गरे।
संघीयताको हामीले यति गित गायौं, जहाजमा चढेका हामीले त्यो गीत गाउँदा ठोक्किएको समेत थाहा पाएनौं । डा रामशरण महत, कांग्रेस नेता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संघीयतको गीत गाउँंदा जाहाज ठोक्किएको थाहा नपाए जस्तो भएको बताए।‘ संघीयतको हामीले यति गीता गायौ जहाजमा चढेका हामीले त्यो गाँउदा ठोक्किएको समेत थाहा पएनौ' महतले भने।
उनले मुलुकमा राजनीतिक स्थिरता नभए सम्म समृद्धिको अभियान पुरा गर्न नसकिने बताए। एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सबैले उत्पादन कार्यमा लागेमा आर्थिक समृद्धि टाढा नभएको बताए।
प्रतिक्रिया दिनुहोस !
