सभामुखले 'संसद चलाउन' हिंडे भनेपछि बामदेव कड्किए, 'कसरी संसद् चल्दोरहेछ हेरौंला'

काठमाडौं : संसद् गतिरोध अन्त्यका लागि निकास खोज्न सभामुख ओनसरी घर्तीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। तर अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
सभामुखले सिंहदरबारमा बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।सरकारले ल्याएको संविधान संशोधनको विरोध गर्दै एमालेले निरन्तर अवरोध गरेका कारण दुई हप्तादेखि संसद् ठप्प छ।
बैठक चलिरहेकै अवस्थामा सबा एक बजे सभामुख ओनसरी बाहिरिएकी छिन्। उनले भनिन्, 'संसद् चलाउनुपर्छ भन्दै म हिडेकी हुँ।संसद म चलाउँछु।' तर उनीसँगै बैठकबाट बाहिरिएका एमाले उपाध्यक्ष वामदेव गौतमले भने, संविधान संशोधनलाई हामी कुनै पनि हालतमा प्रवेश गराउन दिदैनौं। फिर्ता नहुँदासम्म संसद् चल्न दिदैनौं।' तीन दलका नेताहरुबीच भित्र छलफल जारी रहेको गौतमले बताए। उनले भने, ' संसद् कसरी संसद् चल्दोरहेछ हेरौंला'
संसद्को बैठक एक बजे बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन। संसद् अवरुद्ध भएका कारण संशोधन प्रस्ताव प्रवेश गर्न पाएका छैन भने अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचनसम्बन्धी कानुनका विधेयकसमेत अड्किएका छन् ।
एमालेले संशोधन प्रस्ताव फिर्ता गरेपछि मात्र संसद् चल्न दिने अडान लिएको छ। एमालेले संशोधनलाई स्थगन गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
