सभामुख घर्ती र मंगोलियाका विदेशमन्त्री अर्जिलबीच भेटवार्ता

काठमाडौं: सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो। सभामुख घर्तीले भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या समाधान गर्न दुई देश मिलेर अगाडि बढ्नुपर्ने विचार राखेको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए।
नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल अाइतबार काठमाडौँ आइपुगेका हुन्। यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच सोमबार नै परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो।
विदेशमन्त्री अर्जिलले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !
