उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच भेटवार्ता
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेल्जियमका राजदूत यन लक्सबीच भेटवार्ता भएको छ।
सोमबार दिउँसो गृहमन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच समसामयिक राजनीति र आर्थिक लगानी लगायतका विषयमा कुराकानी भएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
भेटमा मन्त्री निधिले नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि लगानीको वातावरण बनेको भन्दै बेल्जियमको लगानी नेपालमा भित्र्याउन आग्रह गरेका थिए। जवाफमा राजदूत लक्सले लगानी भित्र्याउने विषयमा बेल्जियम सरकार सकारात्मक भएको बताएका थिए।