नेपाल आउन इच्छुक छुः चिनियाँ राष्ट्रपति

नेपाल आउन इच्छुक छुः चिनियाँ राष्ट्रपति

काठमाडौः चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले आफू उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको दोहोर्‍याएका छन् ।

चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसंग सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपतिले त्यस्तो बताएका हुन् । राजदूत पौड्यालले राष्ट्रपति सि लाई ओहदाको प्रमाणपत्र बुझाएपछि दश मिनेट भेटवार्ता गरेका थिए । उनी अघिल्लो महिना राजदूतको कार्यभार सम्हाल्न त्यसतर्फ गएका थिए ।

‘चिनियाँ राष्ट्रपतिलाई मैले राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाटका सन्देश सुनाएँ' पौड्यालले अन्नपूर्णसँग टेलिफोनमा भने ‘उहाँले नेपाल भ्रमणमा इच्छुक रहेको बताउँदै उपयुक्त समयमा आउने बताउनुभएको छ ।'

राजदूत पौड्यालले चीन र नेपालबीचको सहकार्य यस क्षेत्रको शान्ति र विकासका लागि महत्वपूर्ण रहेको बताएका थिए । चिनियाँ राष्ट्रपतिले चीन र नेपालबीचको संबन्ध विश्वमा उदाहरणीय रहेको बताए । ‘नेपाललाई आफ्नो क्षमता अनुशार सहयोग गर्न चीन तयार रहेको उहाँले बताउनुभयो' पौड्यालले भने ।

बेइजिङ्स्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति सिले एक चीन नीतिलाई निरन्तरता दिएकोमा धन्यवाद दिंदै वान बेल्ट वान रोड अवधारणाले दुवै देशलाई फाइदा हुने विश्वास दिलाउनुभयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.