एमबीबिएस प्रश्नपत्र चुहावटः नोबेलमाथि प्रहरी छानबिन सुरु

एमबीबिएस प्रश्नपत्र चुहावटः नोबेलमाथि प्रहरी छानबिन सुरु

काठमाडौंः विराटनगरस्थित नोबेल मेडिकल कलेजको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरण प्रहरी छानबिनमा तानिएको छ । प्रश्नपत्र चुहावटमा ‘मल्टिमिडिया' प्रयोग भएकाले अन्य मेडिकल कलेजले पनि विद्यार्थी पास गराउन चिट चोराएको आशंका गर्दै काठमाडौं विश्वविद्यालयले उक्त विषयमा तत्काल छानबिन गर्न प्रहरीलाई लिखित आग्रह गरेको हो ।

प्रश्नपत्र चुहावट हुँदा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै व्यापक गुनासो आएको थियो । विद्यालयका निमित्त उपकुलपति एवं रजिस्टार डा. भोला थापाले ‘मल्टिमिडिया' प्रयोगबाट प्रश्न चुहावट भएको प्रारम्भिक छानबिनबाट देखिएको बताए ।

उनले त्यसको प्रभाव अन्य कलेजमा पनि परेको आशंकामा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेमा लिखित निवेदन दिएका हुन् । उनले सोमबार अन्नपूर्णसँग भने, ‘मल्टिमिडिया प्रयोग गरेर प्रश्नपत्र चुहावट गर्नु अपराध हो । अन्य ठाउँमा पनि त्यसरी नै चिट चोराइएको हुन सक्ने भएकाले छानबिन गर्न उचित ठान्यौं । यसबारे राम्ररी छानबिन हुनेमा म विश्वस्त छु ।' प्रवेश परीक्षाका लागि केन्द्र तोकिएको नोबेल मेडिकल कलेज र परीक्षाबारे केही विद्यार्थीबाहेक अरूलाई जानकारी गराइएको थिएन ।

काठमाडौं विश्वविद्यालयको नियमअनुसार चिट चोर्ने विद्यार्थीलाई सचेत गराउने नभए निष्कासन गर्नेसम्मको कारबाही हुन्छ । चिट चोराउन संलग्न भएकालाई कस्तो कारबाही गर्ने भन्ने स्पष्ट नभएकाले त्यसबारे छानबिन गर्न प्रहरीको सहयोग लिनुपरेको थापाले बताए । काठमाडौं विश्वविद्यालयले गत कात्तिक २२ गते एमबीबीएस र बीडीएस अध्ययनका लागि केन्द्रीकृत प्रवेश परीक्षा लिएको थियो ।

एकजनामात्र विद्यार्थी पास भएपछि दोस्रोपटक प्रवेश परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षा सञ्चालनको जिम्मा काठमाडौं विश्वविद्यालयले नोबेल मेडिकल कलेजलाई नै दिएको थियो । स्रोतका अनुसार गत मंसिर ३० गते सञ्चालन भएको दोस्रोपटकको परीक्षा पनि पहिलो परीक्षाको जस्तै नतिजा निस्कने सम्भावना बढेपछि कलेजले ह्वाट एपबाट चिट चोराएको हो ।


अन्य मेडिकल कलेजले पनि चिट चोराएको आशंका

परीक्षा सुरु भएको आधा घन्टामै प्रश्नपत्र बाहिरिएको थियो । विद्यार्थी मिलाइदिएको एक कन्सलटेन्टले भर्नाका विषयमा कुरा नमिलेपछि प्रश्नपत्र चुहावटबारे खुलासा गरेका थिए । नोबेल मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई ‘नक्कली शैक्षिक प्रमाणपत्र धारी' को आरोप लागेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । थापाले प्रहरीले अनुसन्धान गरेपछि मात्रै भर्ना प्रक्रिया रोक्ने÷नरोक्ने निर्णय लिने बताए ।

क्यान्सर अस्पतालका पदाधिकारीसँग स्पष्टीकरण

काठमाडौः अनियमितता गरेको आरोपमा स्वास्थ्य मन्त्रालयले भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले छानबिनका लागि खटाएको टोलीले बुझाएको प्रतिवेदनका आधारमा स्वास्थ्यमन्त्री गगनकुमार थापा उपस्थित बैठकको निर्णयबमोजिम उनीहरूसँग स्पष्टीकरण माग गरिएको हो ।

मन्त्रालयले पठाएको स्पष्टीकरण पत्र अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले सोमबार बुझेका छन् । जनशक्तिको प्रभावकारी परिचालन हुन नसकेको, मौजुदा उपकरणको मर्मतसम्भार तथा खरिद प्रक्रियामा ढिलाइ, अस्पताल व्यवस्थापनमा रहेका कमजोरी, आर्थिक अनियमितता, सेवा प्रवाहमा लापरबाही, विकिरणयुक्त फोहोर व्यवस्थापनमा कमजोरी भएको भन्दै मन्त्रालयले स्पष्टीकरण मागेको हो ।

गत कात्तिक २८ गते मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंह नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमा अन्यत्र काम गरेको, ३० करोड बेरुजु रहेको, सेवा प्रभावकारी नभएकोलगायतका कमीकमजोरी देखाइएको छ । उनीहरूलाई मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छानबिन समितिका सदस्य तथा चिकित्सा महाशाखा उपसचिव रामकृष्ण लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.