सुसन ‘पावर’
राजधानीमा पाँच दिन चलेको १४ औं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा जर्मन नागरिक सुसन ग्लुथ निर्देशित वृत्तचित्र ‘उर्मिला : माई मेमोरी माई पावर’ उत्कृष्ट ठहरियो ।
पूर्वकमलरी उर्मिला चौधरीमाथि आधारित ८६ मिनेटको वृत्तचित्रले एक हजार पाँच सय अमेरिकी डलर पुरस्कार पाएको छ । पुरस्कारबाट प्राप्त रकम उर्मिलासहित मुक्त कमलरीलाई अघि बढाउन खर्च गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उनले यसअघि ‘स्याडोज अफ द फेट’, ‘सप एण्ड वाटर’लगायतका फिल्म निर्देशक गरिसकेकी छन् ।