पुस्तक सिफारिस

पुस्तक सिफारिस

१. ग्याब्रेल गार्सिया मार्खेजको उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्युड’
‘म्याजिक रियालिजम’को प्रयोग, विषयवस्तुलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने सार्थक प्रयास, लेखकको आफ्नो जीवन अनुभव र काल्पनिकी संसारको सुन्दर बुनोटले गर्दा यो आख्यान पढ्न रुचाउँछु ।

२. भर्जिनिया उल्फको उपन्यास ‘ओल्र्यान्डो’
लैंगिकता र यौनिकताको परम्परागत सोच र व्यापक मान्यतालाई विस्थापित गर्दै बाध्यात्मक इतरलिंगी सम्बन्धको उपहास गर्छ । जेन्डर र सेक्ससम्बन्धी संकुचित सोचको सीमित ज्ञानघेरालाई उल्फले आख्यानमार्फत चुनौती दिएकी छन् ।

३. शारदा शर्माको उपन्यास ‘कम्प’
गरुण पुराणमा संकलित धार्मिक अन्धविश्वास र ढोंगलाई स्वर्गलोक र यमलोकको स्वैरकाल्पनिक विम्बलाई व्यंग्यात्मक रूपले प्रयोग गरिएको छ । यस उपन्यासलाई धार्मिक रूढिवादी सामूहिक अवचेतनलाई उच्छेदक गर्ने प्रयासका रूपमा पनि पढ्न सकिन्छ । उपन्यासमा जातीय र लैगिंक पहिचानका कुरा र समकालीन समाजको चित्रणसँगै लोक र परलोकको प्रस्तुतिले पाठकलाई सहमति र असहमतिको दोसाँधमा उभ्याउँछ ।

४. कमला दासको आत्मकथन ‘माइ स्टोरी’
आफ्नो वैवाहिक सम्बन्ध, परपुरुषसँगको सम्बन्ध, दुःखसुखका क्षणहरू र जीवनका अन्य आयामबारे इमानदारीपूर्वक कमला दासले खुलेर लेखेकी छन् । महिलाका लागि इमानदार भएर आत्मलेखन गर्नु ठूलो चुनौती हो र कमला दास जस्तो इमानदार र साहसिला लेखक धेरै कम छन् । यस कृतिको इमानदारिता र आत्मलेखनका लागि चाहिने अदम्य साहसले मेरो मनमा अमिट छाप छाडेको छ ।

५. सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’
यस संग्रहमा संकलित धेरैजसो कविता विषय र विचारका संवाहक छन् । जोदाहा चेतबाट अभिप्रेरित कविताहरू सीमान्तकृत नागरिक स्वतन्त्रता, हकहितका पक्षमा र समाजमा स्थापित विभेदीय संरचना र व्यवहारविरुद्ध संघर्षरत छन् । कवितामा निहित आक्रोश र संघर्षचेतले पाठकमनलाई नराम्ररी चिमोट्छ र घच्घचाइ रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.