धैर्यले लामो जीवन (भिडियोसहित)

धैर्यले लामो जीवन (भिडियोसहित)

पूर्व वातावरण मन्त्री एवं काठमाडौं महानगरपालीकाका पूर्व मेयर पि.एल.सिंह अरुका लागि बाँच्ने गर्छन र त्यसलाई आफ्नो सन्तुष्टि मान्छन् । काठमाडौंका लागि संभवत सर्वाधिक परिचित आपतका सहयोगी, दुखीका लागि 'देउता' उनको ७८ ० औं बसन्त भागदौढ, व्यस्तता, प्रजातन्त्रका लागि र विकृती विरुद्धको संघर्षमै सदुपयोग भएको छ । तर पनि उनको स्वास्थ्य मजवुत छ र आत्मविश्वास दरिलो ।

सन्तुष्टी

मेयर निर्वाचित भएपछि अरुलाई सेवा दिँदा खुसीको अनुभुति गर्न थाले उनले । आफ्नो नाम सँग मिल्दो पिएल सिंहबाट 'पिएलएस' अर्थात पिपुल लभ सर्भिस उनको जीवनको आदर्श बन्यो । त्यसमै उनलाई सन्तुष्टी मिल्यो । सन्तुष्टीले उनलाई स्वस्थ रहन सहयोग गर्‌यो । उनी खानपानमा केही परहेज छैन , आराम, काम, प्रतिष्ठा, लोकप्रियता सबै कुरालाई आफ्नो सन्तुष्टिसँग जोड्छन । 'जे काम आइलाग्छ मैले त्यही गरेँ, जे पर्छ त्यसैमा रमाएँ । सोचे जस्तो नहुँदा छटपटाहट कहिल्यै भएन । केही आस गरेर मैले कसैलाई सहयोग गरिन', उनले भने, '

इमान्दार

अविवाहित र मेहेनती सिंह राम्रो स्वास्थ्यलाई इमान्दारितासँग पनि जोड्छन । इमान्दारिता पेशामा मात्र होइन खानपान, आराम, सोच र व्यवहारमा पनि अपनाउन सके स्वस्थ भइने उनको अनुभव छ । उनको सिद्धान्त छ 'वि गुड डु गुड' । आफु राम्रो नभई अरुलाई राम्रो बन भन्ने नैतिकता कसैसँग नहुने उनको तर्क छ । जे पनि खाने उनको बानी छ तर समयको अन्तरालमा । 'मेरो घर छैन । अरुले जे दिन्छन् त्यही मिठो मानेर खान्छु तर छिनछिनमा ।

भिडियो हेर्नुहोस्

खाली पेट भयो भने हामीले शक्ति कहाँबाट पाउने ', उनले भने,' जतिसुकै तनावपूर्ण लाग्ने वातावरणमा परे पनि चुपचाप सुत्छु । नेवारी समुदायको भएर होला त्यहाँ मौसम अनुसारको खाना खाने संस्कृतिबाट स्वास्थ्यलाई फाइदा पुगेको मान्छन पिएल ।

अनिदो बस्दा रोगी भइन्छ । तर कहिलेकाँही सुत्न नपाए पनि फुर्तिलो महसुस गर्छन । अल्कोहल पनि पिउँछन तर सिमित मात्रामा । सदिच्छा र इज्जत पाउँछन्, त्यसैले आफुलाई स्वस्थ बनाएको ठान्छन् उनले । पाइने र त्यो नै जीवनका लागि प्रेरणा बन्ने उनको भनाई छ । पानीको पूर्तिका लागि सवेरै उनी दुई 'पट' कालो चिया पिउँछन ।

शारीरिक अभ्यास

अधिकांश समय दौढधपमै विताउने उनी विहान आफ्नो निवास ताम्सीपाखाबाट विहान तीनै बजे स्वयम्बु उक्लन्छन र एक घण्टामा ३३ कोटी देवीदेवताको दर्शन गरी फर्कन्छन । त्यो बेलाको प्रकृतिक सौन्दर्यताले उनलाई शक्ति र आनन्द दिन्छ । त्यही भएर मेयर हुँदा 'क्लिन ग्रिन हेल्दी काठमाडौं' भन्ने अभियान चलाए । कसैले भेट्न बोलायो भने उनी धेरैजसो आफै त्यहाँ पुग्छन । त्यसो गर्दा आफु पनि स्वस्थ हुने र अरु पनि खुसी हुने उनी बताउँछन । त्यो खुसीले नै उनको स्वास्थ्य राम्रो बनाउँछ ।

धर्य र सहनशिल

३० वर्षे पंचायतकालमा प्रजातन्त्रका योद्धाकारुपमा पटकपटक जेल गए पिएल । जीवन अनिश्चित थियो । सुताई र खानपानको ठेगान थिएन । तैपनि निरास भएनन् उनी । राजनीतिमा होमिदा होस या मेयर हुँदा उनको दैनिकी भेटघाट, सहयोग र मेलमिलापमै वित्यो । शैली फरक थिए खाली । महत्वपूर्ण व्यक्तिसँगको भेटले उनलाई झन सहनशिल बन्न सिकायो । सहनशिलताले पनि मानिसलाई स्वस्थ बनाउने उनको बुझाई छ । भन्छन्,' हतारको जीवन दुई दिनको हुन्छ । धर्यताको जीवन जुगौं जुगको।'

स्वाभिमान

वोली र व्यवहारको सामिप्यले चरित्र निर्माण गर्छ । चरित्रविना स्वाभिमानको अस्तित्व हुँदैन । स्वाभिमान खुसीको र खुसी स्वस्थ जीवनको आधार हो । राजनीतिक निष्ठा र प्रतिवद्धता पनि राम्रो चरित्रको मापक हो । २०६२ र ०६३ पुनस्र्थाफित प्रतिनिधिसभामा नजाने निर्णय गर्ने पिएल र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई मात्र थिए । 'नेताहरु 'लिडर'बाट डिलर भएपछि मुलुक बेचविखनको वस्तु बन्छ । मेरो अहिलेको चिन्ता यही हो,'उनले भने ।

प्रतिवद्धता

गर्छु भनेको काम समयमै गर्नु पर्ने उनको तर्क छ । उनले अंग्रेजीमा दोहोराउने एउटा वाक्य छ 'आइ नेभर गिभ अप'। प्रतिवद्ध ता नहुँदा अरुको विश्वास गुम्छ । उनी त्यसबारे सँधै सचेत रहे ।

प्रशन्नता

प्रशन्नतामा पनि राम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । उनको भनाईमा जे परे पनि मुस्कुराउन छोड्नु हुन्न । मुस्कानले दिमागलाई ताजा बनाउँछ र स्वस्थ हुन सहयोग गर्छ । मुस्कानले समृद्धि र माया पाइन्छ । त्यो नै स्वस्थ भएर बाँच्ने आधार हो र मुस्कान सहित पिएल सिंह काठमाडौंका सडकमा, मोटरसाइकलका पछाडी सामाजिक समारोह र २०४७ सालको संविधान व्युताउँने अभियानमा अक्सर देखा परिरहन्छन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.