नेपालगन्जमा अन्नपूर्ण रोड सो

नेपालगन्जमा अन्नपूर्ण रोड सो

नेपालगन्ज: अन्नपूर्ण पोस्ट्ले मंगलबार नेपालगन्जमा भव्य रूपमा 'रोड सो' गरेको छ । अन्नपूर्ण पोस्ट् मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट सुरु भएको र्‌यालीले चोकचोकमा रोड सो गर्दै नेपालगन्ज नगर परिक्रमा गरेको छ ।

वीरेन्द्रचोक, पुष्पलालचोक, कारकाँदोचोक, सेतु विकचोक, त्रिवेणी मोड, सदरलाइन, त्रिभुवनचोक, अस्पतालचोक, चारबाहनीचोक र बीपी चोकमा रोड सो गरिएको छ । रोड सोमा एक सयभन्दा बढी बजार प्रतिनिधिको सहभागिता थियो । रोड सोमा सहभागी बजार प्रतिनिधिले प्रत्येक पसलपसल र घरघरमा पुगेर अन्नपूर्ण पोस्ट् र वार्षिक ग्राहक योजनाका बारेमा जानकारी दिएका थिए ।

झन्डा र प्ले कार्ड बोकेका बजार प्रतिनिधिले सुर्खेत रोड, धम्बोजी, घरबारी टोल, सदरलाइन, न्युरोड र बसपार्क रोडमा पुगेर अन्नपूर्णको ग्राहक योजना र अफरका बारेमा समेत जानकारी गराएका थिए । नेपालगन्ज बजारभरि नै अन्नपूर्ण पोस्ट्का बजार प्रतिनिधि छरिएका थिए । 'एकाबिहानै पाठकले पत्रिका पढ्न पाउनेछन्', मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रमुख प्रेम केसीले भने, 'पाठकलाई अन्नपूर्ण पोस्ट् कोहलपुरबाट प्रकाशित हुन थालेको जानकारी दिन र वार्षिक ग्राहक योजनाका बारेमा प्रस्ट पार्न रोड सो गरेका हौं ।'

रोड सोकै क्रममा अन्नपूर्ण पोस्ट् मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा नै आएर पहिलो वार्षिक ग्राहक बन्ने खजुराका कृष्णकुमार श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

मध्य तथा सुदूरपश्चिमका २४ जिल्लालाई लक्षित गरेर पुस २ गतेबाट बाँकेको कोहलपुर १ कौशिलानगरबाट अन्नपूर्ण पोस्ट्को प्रकाशन सुरु भएको छ । कोहलपुरबाट प्रकाशन सुरु भएपछि मध्य तथा सुदूरपश्चिमका पाठकले बासी पत्रिका पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । एकाबिहानै पाठकले पत्रिका पढन् पाउनेछन् । पत्रिकासम्बन्धी कुनै गुनासो आएमा त्यसको तत्काल सुनुवाइ गर्ने व्यवस्थासमेत मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा गरिएको छ ।

पाठकका गुनासाको सुनुवाइ गर्न ग्राहक गुनासा सुनुवाइ कक्षसमेत सञ्चालनमा ल्याइएको छ । 'बिहानै पत्रिका पढ्न पाउनुभएन भने तत्काल सुनुवाइ कक्षमा गुनासो गर्नुहोला । गुनासा प्राप्त भएको ५ मिनेटभित्र सुनुवाइ हुनेछ', क्षेत्रीय प्रमुख केसीले भने । बुधबार रोड सो कोहलपुरमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.