तेक्वान्दोको महिला तर्फको सबै उपाधि सेनालाई

तेक्वान्दोको महिला तर्फको सबै उपाधि सेनालाई

दमकः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत झापाको दमकमा जारी आईटिएफ तेक्वान्दोमा सोमबारको खेलमा पनि आर्मीले ५ वटा स्वर्ण जितेको छ । तेश्रो दिनको बिभिन्न तौल समुह अन्तरगत महिला तर्फको सबै स्वर्ण पदक नेपाली सेनाले जितेको हो ।

स्पाईरिंग अन्तरगत ४६ देखि ५० केजीमा आर्मीकी रुविना खड्काले स्वर्ण जितिन् । त्यस्तै मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत र सुसिला गुरुङ्ग तथा सुदुरपश्चिमाञ्चलकी पुजा साहीले काश्य पदक जितिन् ।

त्यस्तै ५१ देखि ५५ केजीमा सेनाकी रिता धिमालले स्वर्ण, पश्चिमाञ्चलकी सर्मिला महतले रजत र शसस्त्र प्रहरीकी सञ्चिता लामा तथा मध्यमाञ्चलकी स्वयता राईले काश्य जितिन् । ५६ देखि ६० तौल समुहमा नेपाली सेनाकी तुलसा राजथलाले स्वर्ण, मध्यपश्चिमाञ्चलकी मेनुका बुढामगरले रजत र सुदुरपश्चिमाञ्चलकी सविना उराउ तथा पश्चिमाञ्चलकी सिमा खासुले काश्य पदक जितिन् ।

यस्तै ६१ देखि ६५ तौल समुहमा नेपाली सेनाकी सृजना राईले स्वर्ण, पश्चिमाञ्चलकी उमिसा घर्तीमगरले रजत र मध्यपश्चिमाञ्चलकी करिण यादव तथा मध्यमाञ्चलकी उमा घलेले काश्य हात पारिन् ।

त्यस्तै ६५ केजी भन्दा माथिकोमा नेपाली सेनाकी बसन्ती बुढामगरले स्वर्ण, पूर्वाञ्चलकी अनामिका राईले रजत र पश्चिमाञ्चलकी कामना पुन तथा सुदुर पश्चिमाञ्चलकी सुजता सिजापतीले काश्य हात पारिन् ।

यस्तै स्पाईरिंगको पूरुष तर्फको ६१ देखि ६५ तौल समुहमा भने सेनाले रजतमा चित्त बुझाएको छ । यस समुहको स्वर्ण पदक भने पूर्वाञ्चलका दिलन राईले जिते । सेनामा गेद बहादुर बस्नेतले रजत र पश्चिमाञ्चलका राजन रसाईली, मध्यमाञ्चलका निमेश थपाले काश्य हात पारे ।

पश्चिमाञ्चल र आर्मीका महिला खेलाडि आपसमा भिड्दै । लोकनाथ रिजाल

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.