आईओएमको ताला २३ दिनपछि खुल्यो

आईओएमको ताला २३ दिनपछि खुल्यो

काठमाडौः त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति वरिष्ठतामात्र नभई योग्यता, कार्यदक्षता, लगावलगायत आधारमा गर्न सहमत भएको छ ।

त्यसका लागि संस्थानका पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदन थप छलफलसहित सिनेट बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने सहमतिसमेत भएको छ ।

संघर्षरत पक्ष प्रतिवेदन कार्यान्वयनमा नआउन्जेल नवनियुक्त डा. जगदीश अग्रवाललाई नै डिन मान्न राजी भएको छ । त्रिविकै पदाधिकारी डा. अग्रवालले संघर्षरत पक्षसँग उक्त प्रतिवेदन आगामी पुस २० गते बस्ने त्रिवि सिनेट बैठकबाट पारित गराउने प्रतिबद्धता जनाएका हुन् । उक्त प्रतिबद्धतासँगै २३ दिनदेखि संस्थानमा लगाइएको ताला खोलिएको छ भने मंगलबारदेखि पठनपाठन हुनेछ ।

संस्थान बचाउ संघर्ष समितिका उपाध्यक्ष डा. अभिमन्यु झाले संस्थानले आफूहरूका माग पूरा गर्ने सहमति जनाएको र विद्यार्थीको अध्ययनलगायत विषयमा संवेदनशीलता अपनाउँदै तत्कालका आन्दोलन स्थगित गरेको बताए । ‘हाम्रा माग पूरा गर्ने प्रतिबद्धता संस्थानका डिनबाट आएको छ । त्यसैले तत्कालका लागि आन्दोलन स्थगित गरेका हौं', उनले अन्नपूर्णसित भने, ‘माग पूरा भएन भने हाम्रो आन्दोलनले निरन्तरता पाउनेछ ।'

डा. गोविन्द केसीको अडानमा त्रिविले गत मंसिर १९ गते डा. अग्रवाललाई नियमविपरीत संस्थानमा डिन नियुक्त गरेको भन्दै संघर्षरत पक्षले उनको राजीनामाको मागसहित संस्थानमा तालाबन्दी गर्नुका साथै पठनपाठन ठप्प पारेको थियो । संघर्षरत पक्षमा संस्थानका प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समूह छ ।

त्रिवि नियमअनुसार संस्थानको डिनमा नियुक्त डा. केपी सिंहलाई डा. केसी समर्थक र सरकारले राजीनामा दिन बाध्य बनाएको भन्दै संघर्षरत उक्त समूहले डा. अधिकारीको प्रतिवेदनका आधारमा संस्थानमा डिन नियुक्त हुनुपर्ने माग गरेको थियो ।

संस्थानको भविष्यमा असर पर्ने खालका कुनै पनि नीतिगत निर्णय पारदर्शी र सबै सरोकारवालासँग छलफलपछि गर्ने परम्परा स्थापित गर्ने र संस्थानको हितका कुरामा कसैसँग स्वार्थको द्वन्द्व भएमा एकताबद्ध भई संस्थानको पक्षमा उभिनेमा पनि सहमति जनाइएको छ ।

संघर्षरत पक्षबीच त्रिवि प्राध्यापक संघ क्याम्पस एकाइ समिति महाराजगन्जलाई विद्या परिषद्को सदस्यमा राख्न पहल गर्ने र विद्या परिषद्को बैठकमा अनिवार्य आमन्त्रण गर्न पनि डा. अग्रवाल सहमत भएका छन् । डा. केसीले वरिष्ठताका आधारमा डा. अग्रवाललाई संस्थानमा डिन नियुक्तिका लागि मुख्य माग राख्दै दसौंपटकसम्म अनशन बसेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.