एमालेसहितका विपक्षी दलले संसद् चल्न दिएनन्

एमालेसहितका विपक्षी दलले संसद् चल्न दिएनन्

काठमाडौंः व्यवस्थापिका संसद्को आजको बैठक एमालेलगायतका विपक्षी दलहरुको अवरोधका कारण चल्न सकेन।

सभामुख ओनसरी घर्ती मगरले संसद बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेलगायतका विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठेर अवरोध गरेका हुन् ।

सरकारले व्यवस्थापिका संसद्सं‍मा संविधा विधान संशोधन प्रस्तावको विधेयक दर्ता गरेपछि एक महिनादेखि संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ।

आआफ्नो ठाउँबाट उठेर विरोध गरेका सांसद्लाई आसन ग्रहण गर्न सभामुख ओनसरी घर्तीमगरले पटक पटक अनुरोध गरेपनि विपक्षी दलका सांसदहरुले अवरोधलाई निरन्तरता दिए ।

विपक्षीको अवरोध पछि सभामुख घर्तीले पुस १८ गते अर्थात् सोमबार सम्मका लागि स्थगित गरेकी छिन् ।

सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलहरुले मंसिर १५ देखि संसद बैठक अबरुद्ध गर्दै आएका छन्।

सरकारले गत मंसिर १४ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद् प्रवेश हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.