आमाको दूध तरल सुन

आमाको दूध तरल सुन

हामी आमा, बाका लागि आफ्ना बच्चाको कल्याण नै सर्वोपरि हुन्छ । उनीहरूका लागि हामीले दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार हो, स्वस्थ्य जीवनको आरम्भ । त्यसको पहिलो कदम हो, धर्तीमा उनीहरू आएको दिनदेखि जति सकिन्छ त्यतिबेलासम्म आमाको दूध खुवाउनु । सोध्न सक्नुहुन्छ, आखिर किन ? वास्तवमा आमाको दूध तरल सुन हो । आमाले आफ्नो बच्चालाई दिन सक्ने योभन्दा बहुमूल्य वस्तु अरू केही हुँदैन ।

तथ्यांकले पुष्टि गरेका छन् कि 'स्तनपान' आमा र शिशु दुवैका लागि लाभदायक छन् । यसले शिशुलाई झाडापखाल, श्वासनली, र कानसम्बन्धी बिरामी तथा अचानक मृत्युका खतराबाट बचाउँछ । दीर्घकालमा मधुमेह, दम र 'एलर्जी' तथा मोटाइबाट पनि बचाउँछ । स्तनपानले आमालाई पनि सुत्केरी भएपछि अत्यधिक रक्तस्राव, डिप्रेसन, मुटुसम्बन्धी रोग तथा क्यान्सरलगायतका रोगबाट बचाउँछ ।

स्तनपान शिशुका लागि सर्वोत्तम हुन्छ भन्ने कुरा सबैको जानकारीमा छ । विज्ञहरूले प्रारम्भिक ६ महिनासम्म स्तनपानमात्र र त्यसपछि पानीलगायत अरू पोषण तत्त्वहरू दिनु उचित हुने बताएका छन् । अनि हाम्रा आमाहरूले असहजता महसुस गर्नुको कारण के ?

परिवारका सामाजिक संरचनाहरूमा परिवर्तन र आधुनिकीकरणका कारण आमाहरूले धेरै कठिनाइ भोग्नुपरेको छ । स्तनपानबारे ज्ञानको कमी र स्तनपान गराउँदा आमाहरूले भोग्ने समस्याको निराकरण कसरी गर्ने भन्ने नबुझ्दा पनि समस्या उत्पन्न भएका छन् । शिशुसम्बन्धी अन्य भनाइ स्तनपानभन्दा उत्तम हुन्छ भन्ने गलत मान्यता प्रसारित गरेको छ । त्यस्तै शिशुका प्रारम्भिक दिनमा 'कोलस्टम' एकदम कमी हुने हुनाले सहायक 'पोषण तत्त्व' दिनुपर्छ भन्ने भनाइले पनि गलत धारणा जन्माएको छ ।

'आमा'हरू विभिन्न खालका पेसामा कार्यरत हुने हुनाले उनीहरूले पर्याप्त बिदा पाउँदैनन् र स्तनपानको विकल्प खोज्नु आवश्यक हुन्छ उनीहरूका लागि भन्ने मान्यता पनि छ । उनीहरू अर्को विकल्प खोज्नमा लाग्छन् ।

भनिन्छ, ज्ञान नै शक्ति हो । आमाहरूले गर्भधारण लगत्तै स्तनपान गराउनुपर्छ भन्नेमा विश्वस्त भएमा शिशुहरूले सुरुबाटै त्यो फाइदा पाउनेछन् । शिशु जन्माउने तयारीमा रहेका वा आमाले उपयुक्त सूचना र परामर्श पाए भने स्तनपान सहज हुनेछ । यसमा 'वातावरण' या सम्बन्धित स्वजनहरूको प्रोत्साहन पनि आवश्यक हुन्छ ।

शिशुहरूलाई कसरी राख्ने (काखमा कसरी लिने), स्तनपान गराउँदा कसरी कुन पोजमा राख्ने र दूध नआउँदा, स्तनमा घाउ हुँदा र बच्चा टाढा हुँदा दूध आपूर्ति सहज राख्ने, यी कुराहरू पनि नवजातको हेरविचारमा अत्यन्त महत्त्व राख्दछन् । डा.आरती शाक्य/एमबीबीएस (पेडियाट्रिक)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.