गर्भ निरोधक औषधिले डिप्रेसन !

गर्भ निरोधक औषधिले डिप्रेसन !

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब १० करोडभन्दा बढी महिलाले गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन् । सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात भएपछि यसको प्रयोगले फरकफरक खालका साइड इफेक्टहरू देखा पर्न थालेका हुन् ।

हालै गरिएको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा बढ्ने देखाएको छ । यो अध्ययन डेनमार्कमा गरिएको बीबीसीले जनाएको छ ।

डेनमार्कका अनुसन्धानकर्ताले करिब १० लाख महिलाको मेडिकल रेकर्डलाई अध्ययनमा समावेश गरेका थिए ।

१५ देखि ३४ वर्ष उमेरका ती महिला कसैमा पनि पहिला डिप्रेसनको लक्षण देखिएको थिएन ।
अनुसन्धानकर्ताले अध्ययनका क्रममा पाएकी जो महिला गर्भनिरोधक औषधिको प्रयोग गर्थे उनीहरूले पछि डिप्रेसनको औषधि लिनुपर्ने भयो । या त अस्पतालमा भर्ना हुनुपर्‍यो ।

अध्ययनको यो परिणामलाई त्यहाँको मिडियाले सनसनीपूर्ण शीर्षकमा समाचार बनाएका थिए । जसमा भनिएको थियो 'तपाईं गर्भनिरोधक गोली लिनुहुन्छ भने डिप्रेसनको औषधिका लागि पनि तयार रहनुस् ।'

तर युनिभर्सिटी अफ एबरडिनमा प्राइमरी केयरका प्रोफेसर फिल हेनाफोर्डले भने गर्भनिरोधक औषधिको सेवन अखबारले भने जति भयावह भने नभएको दाबी गरेका छन् । उनले भनेका छन्, 'गर्भनिरोधक औषधि सेवन गर्ने सय महिलामध्ये दुई दशमलव दुई महिला डिप्रेसनको सिकार हुने गर्छन् ।'

उनका अनुसार गर्भनिरोधक औषधि सेवन गर्ने महिलाको आफ्ना श्रीमान्सँगको सेक्स सम्बन्ध टुटेका कारण पनि त्यसो भएको हुन सक्छ । उनको सुझाव छ यस्ता अध्ययनको नतिजालाई हल्का र सनसनीपूर्ण बनाउन हुँदैन ।

गर्भनिरोधक औषधिको सेवनले डिप्रेसनमात्रै नभएर रगतको जम्ने समस्या हुनेतर्फ पनि विज्ञहरूले सचेत गराएका छन् । यस्ता साइडइफेक्टलाई हल्का रूपमा लिए घातक परिणाम भोग्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि सचेत गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.