वीरमा अब २४ सै घन्टा डायलासिस

वीरमा अब २४ सै घन्टा डायलासिस

काठमाडौं: मिर्गौला रोगीका लागि वीर अस्पतालमा चौबीसै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसोमात्र दिइँदै आएको डायलासिस सेवा गत आइतबारदेखि चौबीसै घन्टा बनाइएको निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा अब २८ जनाले सेवा पाउनसक्ने उनले बताए ।

वीरमा २५ वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समयसम्म पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो । 'स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि हामीले पनि थप सेवा दिन लागेका हौं', बस्नेतले भने ।

अहिले वीरमा सातामा ४२ जनाले नियमित डायलासिस गराउँदै आएका छन् । यसै वर्ष मात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्ण निःशुल्क गरेको छ । देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ ।

मानसिक स्वास्थ्य सेवा उपचार निर्देशिका

स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न 'निर्देशिका' ल्याएको छ । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासीनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागूपदार्थजन्य मानसिक समस्याको पहिचान, उपचार र व्यवस्थापनको पद्धतिबारेमा उल्लेख छ । महाशाखाका निर्देशक मोहम्मद दाउदका अनुसार जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले मानसिक स्वास्थ्य तालिम लिएपछि यो निर्देशिकालाई आधार मानेर सेवा सुरु गर्नेछन् ।

नेपालमा नसर्ने रोगका कारण ६० प्रतिशत व्यक्तिको मृत्यु भएको बताउँदै दाउदले भने, 'नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगका साथै मानसिक स्वास्थ्य समस्या उपचार कार्यक्रम सुरु गर्न लागेका हौँ ।'

पहिलो चरणमा इलाम र कैलालीबाट सुरु गरी यसै वर्ष मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत र बागलुङमा नसर्ने रोगबारे कार्यक्रम गर्ने महाशाखाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.