माइन्ड मेसिनको उदय

माइन्ड मेसिनको उदय

किताब

हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासुजस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई हाइपोथालामुस, कउडेट न्युक्लियस र न्युरो कर्टेक्स भनिन्छ । भाषा भने बोकाको क्षेत्र भनेर चिनिन्छ । प्राचिन ग्रिस, हिन्दु, बौद्ध, ताओ र जेन दर्शनहरूले परम चेतनाको अनुभूति प्राप्त गर्ने स्रोत मस्तिष्कलाई नै मान्छन् ।

जेन, बौद्ध दर्शनमा त ‘नो माइन्ड’ भन्ने गम्भीर र सूक्ष्म दर्शनसमेत पाइन्छ । हिन्दुहरू आनन्दमय कोषमा पुग्नका लागि चेतनाको शुद्धीकरण र तालिममा जोड दिन्छन् । बुद्धले निर्वाण र संसार दुवैै मस्तिष्कमा छन् भने । ताओ धर्मदर्शनले त चेतनाको उत्पत्ति, लय र गतिकै बारेमा भन्छ । बीसाै‌ शताब्दीका प्रख्यात भारतीय दार्शनिक जे. कृष्णमूर्तिले त मस्तिष्क र विचारको चरित्रमाथि आफ्नो दर्शन नै तयार गरे । अर्का दार्शनिक यू.जी. कृष्णमूर्तिले मस्तिष्कलाई मिथकको जस्तो काल्पनिक अवधारणा हो भनेका छन् । उनले चेतनाको उत्पत्ति कहिल्यै पनि थाहा पाउन नसकिने ठोकुवासमेत गरेका छन् । तिब्बती धार्र्मिक गुरु दलाइ लामाले त बौद्ध धर्म दर्शनलाई मस्तिष्कको विज्ञानसम्म भने ।

गान्धी विवेक र शुद्धताले महात्मा बने भने हिटलर विकृति र हिंसाले नरसंहारकर्ता । दुवैको व्यक्तित्व उनीहरूको मस्तिष्कको संरचनामा खोज्नुपर्ने हुन्छ । यही महत्वलाई बुझेर अहिले स्नायु वैज्ञानिकहरू मस्तिष्कको रहस्य उद्घाटन गर्न लागेका छन् र विश्वलाई मस्तिष्कको विविध नक्सा प्राप्त भइरहेका छन्।

पूर्वीय आध्यात्मिक चिन्तनमा मस्तिष्कको सर्वोच्चता र गम्भीरतालाई ज्यादै महत्व दिइएको छ । अर्का हिन्दु दार्शनिक अरबिन्द घोषले त मानव जीवन मन, अधिमन र अतिमन हुँदै जाने विकासवादी धारणा पेस गरेका छन् । पूर्वमा जस्तै पश्चिममा मस्तिष्कसम्बन्धी आधुनिक अवधारणा ल्याउने फ्रान्सका गणितज्ञ र दार्शनिक रेने डेकार्ट हुन् । उनकोे महत्वपूर्ण भनाइ छ, ‘म सोच्छु त्यसै कारणले म छु ।’ डेकार्टलाई आधुनिक परिभाषा दिने दार्शनिक मानिन्छ । उनी द्वैतवादी हुन् ।

उनका अनुसार शरीर र मस्तिष्क दुई भिन्न वस्तु हुन् । शरीर भौतिक रूपमा छ तर चेतना रहस्य र शरीरभन्दा ठूलो फैलावटमा छ । डेकार्टको यो अवधारणा अहिले त्यति प्रचलनमा छैन, शास्त्रीय रूपमा मस्तिष्कलाई अध्ययन गर्ने विषयलाई फेरेनोलोजी पनि भनिन्छ । अहिले स्नायुविज्ञानको विकासले मस्तिष्कसम्बन्धी नयाँ अध्ययन र अनुसन्धान भएका छन् । हामी मस्तिष्कलाई रंगीन रूपमा सञ्चालन भइरहेको हेर्न सक्छांै । सन् १९४९ मा प्रकाशित गिल्बर्ट रायलेको पुस्तक ‘दी कन्सेप्ट अफ माइन्ड’ले डेकार्टको द्वैतवादी अवधारणालाई खण्डन गरेर भौतिकवादी अवधारणा पेस गरेको थियो । केही अघिसम्म मस्तिष्कको नक्सा खिच्नु भनेको मूर्खहरूको कार्य मानिन्थ्यो तर त्यो अहिले सम्भव भएको छ ।

मस्तिष्कको नयाँ नक्सा
सूक्ष्म रूपमा भन्ने हो भने मानव जीवन स्नायुहरूको संसद्बाट सञ्चालित छ । हाम्रा आशा, निराशा, इच्छा, ज्ञान, स्मृति र सपनाहरूको निर्माण–विनिर्माणमा स्नायुहरूको अहम भूमिका हुन्छ । अन्तरिक्षमा अरबौं ग्रह, नक्षत्र भएजस्तै हाम्रो मस्तिष्कमा अरबौं न्युरोन्स र न्युरो ट्रान्समिटरहरू छन् । यो बुझ्न अत्यन्त जटिल छ– यसले हामीलाई कसरी मानव बनाएको छ । मान्छेको सम्पूर्ण निर्णय र कार्य सञ्चालन गर्न यो अंग आज विज्ञानको अन्तिम अध्ययन गर्ने क्षेत्र बनेको छ ।

यी एक सय बिलियन न्युरोन्सले हाम्रो विश्वास, भ्रम र ज्ञान सिर्जना गरिरहेका छन् र हामी हुनुको बोध दिलाएका छन्, किनभने गान्धी विवेक र शुद्धताले महात्मा बने भने हिटलर विकृति र हिंसाले नरसंहारकर्ता । दुवैको व्यक्तित्व उनीहरूको मस्तिष्कको संरचनामा खोज्नुपर्ने हुन्छ । यही महत्वलाई बुझेर अहिले स्नायु वैज्ञानिकहरू मस्तिष्कको रहस्य उद्घाटन गर्न लागेका छन् र विश्वलाई मस्तिष्कको विविध नक्सा प्राप्त भइरहेका छन् ।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टिभन पिंकर मानिसमा विचारको उत्पत्ति ‘न्युरल एल्गोरिदम’बाट हुने बताउँछन् भने अर्का भारतीय मूलका स्नायु वैज्ञानिक भी.एस. रामचन्द्रण मस्तिष्कमा आध्यात्मिक अनुभवका लागि स्थान रहेको निष्कर्ष निकाल्छन् । भौेतिकवादी डेनियल सी. डिनेट चेतनाको उत्पत्तिको व्याख्या जो अहिलेसम्म सम्भव छैन, अब सम्भव हुने बताउँछन् । स्नायु वैज्ञानिकहरूका लागि सबैभन्दा जटिल विषय भनेको चेतनाको उत्पत्तिको परिभाषा नै हो । यो उत्पत्तिको कारण र चरित्र थाहा भयो भने ज्ञानको क्षेत्रमा सबैभन्दा ठूलो क्रान्ति त्यही हुनेछ ।

बीसौं शताब्दी सिग्मन्ड फ्रायडको शताब्दी थियो । उनले आविष्कार गरेका चेतन, अवचेतन र अचेतनमनका वरिपरि समाज र जीवनको परिभाषा र अध्ययन गरिएको थियो । तर अहिले न्युरोन्स, न्युरोट्रान्समिटर, डोपामाइन र सोरोटिनजस्ता कोष र जैविक रसायनहरूको वरिपरि अनुसन्धान चलेको छ । मस्तिष्कको भित्री अध्ययन लामो समयसम्म भिक्टोरियन युगमा यौनको प्रतिबन्ध भएजस्तै निषेधित विषय थियो । अब त्यो रहेन । आज मान्छेमा म, मेरो भन्ने जस्ता विषयीगत अनुभव न्युरलकम्पयुटेसनबाट जन्मिन्छ भन्ने पत्ता लागिसकेको छ । एकथरी वैज्ञानिक भन्छन्– मस्तिष्क भनेको अरू केही होइन ब्रेनकै गतिविधि हो । भनिन्छ, मस्तिष्कभित्र ब्रेन हुन्छ तर ब्रेनभित्र मस्तिष्क हँदैन । आज एमआरआईले मानिसको विचारलाई ब्रेनमा भएको रक्त प्रवाहको अध्ययनबाट वैज्ञानिकले पढ्न सक्छ ।

चेतनालाई दैविक दान नभएर जैविक प्रक्रियाको रूपमा प्रमाणित गर्ने गरिएको छ । यसर्थ मस्तिष्क विज्ञानको क्षेत्र आज अल्बर्ट आइन्स्टाइनजस्तो प्रतिभाशाली वैज्ञानिकको प्रतीक्षामा छ जसले यस क्षेत्रको सापेक्षताको सिद्धान्त अविष्कार गरोस् । हुन त अक्सफोर्ड विश्वविद्यालयका गणितज्ञ रोजर पेनरोज मास्तिष्कमा विचारको उत्पत्ति प्रमात्रा भौतिकीमा जस्तै अणुहरूको अन्तत्र्रिmयाबाट उत्पत्ति हुने बताउँछन् । आज विश्वको प्रमुख अनुसन्धानको विषय बनेको यो मस्तिष्क विज्ञानलाई नयाँ उचाइमा लगेको छ, वैज्ञानिक मिचियो काकुले ।

अन्तरिक्षमा घुम्ने चेतना
सन् २०१६ मा प्रकाशित भौतिकशास्त्री मिचियो काकुको पुस्तक ‘दी फ्युचर अफ द माइन्ड’ मस्तिष्क विज्ञानको क्षेत्रमा एउटा क्रान्तिकारी कदम हो । उनले सय भन्दा बढी कृत्रिम बुद्धिका अनुसन्धानकर्ता, स्नायु वैज्ञानिक, भौतिकशास्त्री र जीव वैज्ञानिक आदिसँग अन्तर्वार्ता लिएर तयार गरेको यो पुस्तक मस्तिष्क ज्ञानको सबैभन्दा पछिल्लो उत्तम किताब हो । उनले भनेका छन्– एक दिन मानव चेतना शरीरको बन्धनबाट निस्केर अन्तरिक्षमा घुम्नेछ र फेरि शरीरमै फर्कनेछ । सयौं वर्षदेखि बन्द रहेको मस्तिष्क अहिले खुला भएको छ । यसले कसरी मानव जीवनलाई रूपान्तरण गरिरहेको छ भन्ने उदाहरण उनले पेस गरेका छन् ।

न्युयोर्क सिटी युनिभर्सिटीका यी प्राध्यापकले मानिसको विचारलाई अडियो टेपिङ गरेर पढ्न सकिने बताएका छन् । एमआरआई मेसिनले ब्रेनको थ्रीडी इमेजहरू उत्पादन गर्नसक्छ जसबाट हामी भाषा, स्मृति र चेतनाका रहस्य थाहा पाउन सक्छौं । उनले आफ्नो ‘स्पेस टाइम थ्योरी अफ कन्ससनेस’ पनि आविष्कार गरेका छन् । उनले चेतनालाई डाउनलोडसम्म गर्नसक्ने बताएका छन् ।
कृत्रिम मानव रोबोर्ट मानिसको साथी हुनेछ । आत्माहरूको पुस्तकालयसमेत बनाउन सकिनेछ । मस्तिष्कलाई न्युरोन्समा ढाल्न सकिनेछ जसले हाम्रो मृत्यु, जीवन सपना, यथार्थ र आत्मासम्बन्धी सोचाइहरूमा परिवर्तन ल्याउनेछ । उनले एलियन माइन्ड, मानसिक रोग र सिलिकन कन्ससनेसका बारेमा पनि लेखेका छन् । यसरी जैविक रसायन, स्नायु र जिनले बनेको मानव जीवनको उत्खनन गरेर हामीलाई उत्तरमानव समाजतर्फ संकेत गरेका छन् ।

मानव जीवनमा मेसिनको प्रभाव र संलग्नताले वर्तमान संस्कृति र धर्ममा आधारित मानव जीवनलाई रूपान्तरित गर्नेछ । आजको युगलाई शरीरको युग पनि भन्न सकिन्छ । यही शरीरभित्रको अथाह वृृद्धि र संयन्त्रलाई काकुले ईश्वरको अधिराज्यबाट विज्ञानको गणराज्यमा ल्याएका छन् । यस्ता आविष्कारहरूले वर्तमान समाज र जीवनका नैतिक प्रश्नहरू पनि जन्माउनेछ । के मानव जीवनको प्राकृतिक अवधारणाको अब अन्त्य हुने भो ? प्रसिद्ध ब्रह्माण्डशास्त्री स्टिफिन हकिन्सले कृत्रिम बुद्धिको अविष्कार र प्रयोगबाट मानव जीवनलाई खतरा पुगेको बताउँछन् । आज मानवको जस्तै मस्तिष्क बनाउन सकिने भएको छ । यसरी वैज्ञानिक भविष्यशास्त्री मिचियो काकले मस्तिष्कको नया ब्रह्माण्डको खोजी गरेका छन् ।

महामानवको आगमन
१९औं शताब्दीका महान् अनिश्वरवादी दार्शनिक फ्रेडरिक नित्सेले मानव जीवनको सुशासन र प्रगतिका निम्ति महामानवको आगमनको भविष्यवाणी गरेका थिए । तर, आज त्यो महामानवको आगमन कुनै राजनीतिक वा सांस्कृतिक रूपमा नभई विज्ञान÷प्रविधि महामानवका रूपमा आउन थालेको छ । आर्टिफिसियल इन्टेलिजेन्समाथी कब्जा जमाएर शरीरमा यन्त्र जोडेर शक्तिशाली हुने, अन्तरिक्षमा पर्यटक भएर जाने र विविध प्रविधिद्वारा मस्तिष्कको फैलावट र क्षमतामा बुद्धि गरेर उत्तर मानव हुनेहरू नै नित्सेको महामानव बन्ने सम्भावना छ । माइन्ड मेसिनको उदयले यहीतर्फ संकेत गर्छ ।
पुस्तक : दी फ्युचर आफ दी माइन्ड
लेखक : मिचियो काकु
प्रकाशक : पेन्गुइन बुक्स
मूल्य : ४२०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.