मिडिया कप फुटबल: इमेजको विजयी सुरुवात

मिडिया कप फुटबल: इमेजको विजयी सुरुवात

काठमाडौं: इमेज च्यानलले आठौं मिडिया कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको उद्घाटन खेलमा इमेज च्यानलले अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकलाई ३–० गोलले हरायो । समूह ‘बी’ अन्तर्गतको लिग खेलमा इमेजले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । इमेजको जितमा सम्बद्र्धन प्रधानले दुई गोल गरे । एक गोल विजय कार्कीले गरेका थिए ।

प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाल ओलम्पिक संग्रहालयद्वारा आयोजित प्रतियोगितामा सात टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा एपी वान टेलिभिजन, नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप र एभी न्युज टेलिभिजन रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा अन्नपूर्ण पोस्ट्, इमेज च्यानल र रेडियो नेपाल छन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई पनि पाँचपाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक संग्रहालयका संस्थापक अध्यक्ष क्षितिजअरुण श्रेष्ठले जानकारी दिए । सोमबारको पहिलो खेल नेपाल टेलिभिजन र साबिक विजेता कान्तिपुर मिडिया ग्रुपबीच हुनेछ । दोस्रो खेल एपी वान टेलिभिजन र एभी न्युज टेलिभिजनबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.