मेसीलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड

मेसीलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड

जुरिचः पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गरेको बेस्ट फुटवल अवार्डमा रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्ड जित्ने क्रममा रोनाल्डाले अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी र एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई पछि पारे ।

गएराति स्वीट्जरल्याण्डको जुरिचमा भएको कार्यक्रममा रोनाल्डोले फिफा खेलाडीको अवार्ड उचालेका हुन् ।
प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटवल समर्थकको मतको आधारमा फिफा वर्ष खेलाडीको चयन गरिएको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाउँदै अवार्ड जिते ।

दोस्रो स्थानमा रहेका बार्सिलोनाका खेलाडी मेसीले २६ दशमलव ४२ प्रतिशत मत पाए भने तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।

यसैगरी अमेरिकाकी कार्ली लोइड फिफा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

यसअघि फ्रान्सेली फुटवल संघले प्रदान गरेको बालोन डिओरको अवार्ड पनि रोनाल्डोले बार्सिलोनाका स्ट्राइकर मेसी र एथ्लेटिको मड्रिडका खेलाडी ग्रिजम्यानलाई पछि पार्दै जितेका थिए ।

रोनाल्डोले गत वर्ष पोर्चुगललाई पहिलोपटक युरोकप २०१६ को उपाधि जिताउनुका साथै रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटवलको उपाधि दिलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.