रुघाखोकी लाग्दा के गर्ने

रुघाखोकी लाग्दा के गर्ने

मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । थुप्रै मानिस हरेक वर्ष एक दुईपटक रुघाखोकीको प्रकोपमा पर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले निकै सताउँछ, आक्रान्त बनाउँछ ।

रुघाखोकीका असर

रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ । रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हँदैन । मानिसको स्मरणशक्तिले पनि ठीकसँग कार्य गर्दैन । रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो ।

बालबालिकामा असर

.दीर्घ रूपमा रुघा तथा पिनासबाट पीडित भएका कलिला बालबालिकाको पढाइलेखाइ नै प्रभावित हुन्छ ।
.रुघा लागेमा बालबालिकाको मन एकाग्र हँदैन, पढेको विषय याद पनि रहँदैन ।
.यस्ता बालबालिकाको उचित उपचार आवश्यक हुन्छ । आधुनिक मेडिकल विज्ञानमा रुघाको कुनै औषधि छैन ।
.रुघा लागेको बेलामा ६, ७ दिन कठिनपूर्ण हुन्छ ।
.रुघा लागेमा मानिस डिस्पेन्सरीमा गएर एन्टिकोल्ड तथा एन्टिबायोटिक खान्छन् ।
.एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन ।

रुघाको उपचार

.रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
.बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने ।
.सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
.अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।
.अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।
.एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।
. दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।
.गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।

के नगर्ने

. बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।
.चिसो, धुवाँ र धुलोबाट बच्ने ।
.तातोपानी प्रयोग गर्ने ।
.नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।
.सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

रुघाको रोकथाम

.रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन ।
.बस्नै परे मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।
.रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।
.अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुनसक्छ ।
. भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।


दिनहुँ वा हप्ताको एकपटक जलनेती क्रिया गर्ने तथा दिनहुँ पाँच मिनेट अनुलोम विलोम प्राणायाम गर्ने हो भने रुघाखोकी लाग्ने, पिनास पर्ने, आँखा दुख्ने तथा कमजोर हुने, टाउको भारी हुने आदि समस्या नै आउँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.