जोडोबाट जोगाउन बालबालिकालाई न्यानो कपडा
सर्लाही : शीतलहर बढ्दै गएपछि एमाले जिल्ला कमिटी सर्लाहीको रचनात्मक विभागले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
विभागकी प्रमुख आरती लामाको पहलमा जानकीनगर, पिडारी र लक्ष्मीपुरका विपन्न दलित परिवारका बालबालिकालाई कपडा वितरण गरिएको हो ।
स्कुले बालबालिकाहरुलाई दुई सय जोर स्वेटर र टोपी बिहीबार वितरण गरिएको लामाले जानकारी दिइन् । न्यानो कपडा वितरण कार्यक्रममा एमाले २ नम्बर प्रदेशका सह–इन्चार्ज नागेन्द्र चौधरी, नेता सुरेन्द्र लामा, विद्यार्थी नेतृ भक्तकुमारी लामा, विदुर प्याकुरेल, नागेन्द्र साह र अनेरास्ववियु जिल्ला सचिव बेची लुङेलीलगायतको उपस्थिति थियो ।
प्रदीप केसीले उपलब्ध गराएका न्यानो कपडा वितरण कार्यक्रमको व्यवस्थापन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीले गरेको थियो।