झमकको बा बन्न गाह्रो भो 

झमकको बा बन्न गाह्रो भो 

चलचित्र आगो–२ बाट रजतपटमा डेब्यु गरेका किसन सुनार अहिले अभिनयबाट भविष्य चम्काउने प्रयासमा छन् । पछिल्लो समय उनले मदन पुरस्कार विजेता झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’मा आधारित यही शीर्षकको चलचित्रमा काम गरेका छन् । चलचित्रमा उनले झमक घिमिरेको बाबुको भूमिका गरेका छन् । पोखरा निवासी अभिनेता किसनसँग हरिबहादुर लम्जेलले गरेको कुराकानीः


चलचित्र क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
स्कुल पढ्दा नाटकमा भाग लिन्थेँ । मेरो बुवाले पनि नाटकमा अभिनय गर्नुभएको छ । उहाँको अभिनय देखेर मलाई पनि यसप्रति आकर्षण बढ्यो ।


अभिनय कतै सिक्नुभयो ?
औपचारिक रूपमा मैले अभिनय कक्षा लिएको छैन । म जति नाटक, चलचित्र हेर्छु त्यसबाट सिक्छु । म मनोरञ्जनभन्दा पनि केही सिक्न हलसम्म जाने गर्छु । नाटक चलचित्रका पात्रले कुन विषयमा कसरी अभिनय गरे हेर्छु । सिक्न निश्चित स्थान वा समय चाहिन्छजस्तो लाग्दैन ।


कला क्षेत्रमा लाग्नुअघि के गर्नुहुन्थ्यो ?
म सानैदेखि स्टेज एवं सडक नाटक गर्थें । त्यसलाई म कलाकारिताको पहिलो फेज मान्छु । ६÷७ वर्ष कोरिया पनि बसँे । त्यहाँ रहँदा पनि धेरै कुरा सिक्न पाएँ ।


तपाईंले अभिनय गरेको ‘जीवन काँडा कि फूल’ र अन्य चलचित्रमा के फरक छ ?
धेरै फरक छ । चलचित्र प्रायः काल्पनिक हुन्छ तर यो वास्तविकतामा आधारित छ । नेपाली साहित्यमा चर्चित व्यक्तित्वको जीवनीमा आधारित छ । यसलाई चलचित्रभन्दा पनि वायो पिक भन्नुपर्छ । यसमा यथार्थलाई जोड दिइएको छ । सम्भव भएसम्म हुबहु गर्नुपर्ने हुन्छ । वास्तविक व्यक्तिकै अगाडि उसैको अभिनय गर्नु सजिलो हुँदैन । मलाई पनि झमकको बुवा बनेर अभिनय गर्दा निकै गाह्रो भयो ।


खास गाह्रो केमा हुन्छ ?
सम्बन्धित पात्रको चालचलन, भेषभूषा, आनिबानी, संस्कार, खानपान, बोलीचाली जस्ताको त्यस्तै उतार्नु यसै पनि सजिलो हुँदैन । अर्को कुरा, यो बहुचर्चित कृति भएकाले पनि मेहनत बढी नै गरेका छौं ।


त्यो भूमिका कसरी पाउनुभयो ?
मेरा लागि यो सौभाग्यको कुरा हो । निर्देशक विनोद विष्ट कलाकार छनोटका लागि काठमाडौं आउनुभएको रहेछ । त्यसको व्यवस्थापन क्लासिक सिने हाउसले गरेको रहेछ । क्लासिक सिने हाउसका प्रोडक्सन डिजाइनर प्रकाश महरा र क्यामेरामेन शिव ढकालले चलचित्र आगो २ हेर्नुभएको थियो । उहाँहरूसँग मैले काम गरिसकेको थिएँ । मलाई फोन गरेर बोलाउनुभयो । पोखराबाट काठमाडौं आएपछि केही सोध्नुभयो । सायद उहाँहरूले खोजेजस्तो पात्र भेटेकाले होला, मैले अवसर पाएँ ।


तपाईंको विचारमा अभिनय के हो ?
हरेक मान्छेमा केही न केही क्षमता हुन्छ । आफूमा भएको क्षमतालाई ठाउँ, विषयवस्तुअनुसार कलात्मक तरिकाले देखाउन सक्नु नै अभिनय होजस्तो लाग्छ । विषयवस्तुमा डुबेर त्यसलाई उतार्नसक्नु सजिलो छैन ।


कला क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
हाम्रो देशमा कुनचाहिँ क्षेत्र सहज छ र ? त्यसैले आफूले चाहेको क्षेत्रमा संघर्ष गर्दा पनि रमाइलो हुन्छ । कामबाट खुसी र सन्तुष्टि लिन सकिन्छ । मैले अभिनयलाई त्यही रूपमा लिएको छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.