मोडलिङ अवसरको सदुपयोग

मोडलिङ अवसरको सदुपयोग


फुटबल खेलाडीका रूपमा करियर सुरु गरेकी रूपा आङबुङले ६ वर्ष खेलजीवन बिताइन् । पूर्वाञ्चल क्षेत्रीय गेमसम्म खेलेकी उनी अहिले मोडलिङ गर्दै पहिरन व्यवसायमा लागेकी छन् । पछ्यौरी ल्यासिरा, ताप्लेजुङको तोङ्वा सुकुटी, पाङधे लेमेल्ले (गाउँघर छोड्दा) लगायत दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनी ताप्लेजुङको हाङपाङमा जन्मेकी हुन् । हाल स्नातकोत्तर गर्दै गरेकी उनी फुटबल खेलाडी हुँदा आफ्नो क्षेत्रमा लोकप्रिय थिइन् । ‘नचिन्ने कोही थिएनन् । महिला फुटबलको टिम त्यो पनि गाउँमा । हाम्रो खेल हेर्न दर्शक त कति हन्थे कति’, उनले स्मरण गरिन् । रूपाको खेल एवं मोडलिङ यात्राका बारेमा भएको कुराकानीः


मोडलिङमा कसरी आकर्षित हुनुभयो ?
२०६७ सालमा पहिलो पटक गीता पालुङ्वाको एकल एल्बम ‘हाङनेइन्ले’ (पर्खाइमा)मा समेटिएको गीतको भिडियोमा मोडलिङ गर्ने अवसर पाएँ । योजना बनाएरभन्दा पनि अनायसै म यस क्षेत्रमा आएकी हुँ ।


जति मेहनत र समय दिनुभएको छ प्रतिफल कस्तो लाग्छ ?
बढी समय दिनुभन्दा पनि प्राप्त अवसरलाई सदुपयोग गरेकी हुँ । थोरै काम गरे पनि धेरैले चिन्छन् । खुसी लाग्छ ।


के कुराले तपाईंलाई मोडलिङप्रति आकर्षित गर्छ ?
मोडलिङ रहरमात्रै भए पनि समुदायका लागि केही गर्न प्लेटफर्म बनेको छ । मैले आफ्नो भाषा र संस्कृतिसँग सम्बन्धित धेरै भिडियो गरेकी छु । यसले मलाई खुसी र सन्तुटि पनि दिएको छ ।


यो क्षेत्रमा भविष्य छैन भनिन्छ ?
भविष्य सम्झेर यो क्षेत्रमा लागेको होइन, अवसरको सदुपयोगमात्रै हो ।


खेलाडी र मोडलिङ जीवन कुन रमाइलो ?
त्यो बेला फुटबल सर्वस्वजस्तो लाग्थ्यो । अहिले मोडलिङ रमाइलो लाग्छ । दुवै क्षेत्र उत्तिकै महत्वपूर्ण लाग्छ ।


परिहन व्यवसाय पनि सुरु गर्नुभयो ?
यसलाई चाहिँ निरन्तरता दिने हो । पहिरन व्यवसाय पनि मेरो रुचिको क्षेत्र हो ।


फेसन डिजाइनतिर लाग्ने सोच छ ?
म फेसन डिजाइनर नभए पनि धेरै कन्सेप्टलाई उतारेको छु । यस क्षेत्रमा थप अध्ययन गर्ने सोच पनि छ ।


भविष्यको योजना ?
सफल व्यवसायी बन्ने र त्यसको केही प्रतिशत समाजसेवामा लगाउने मेरो लक्ष्य छ । खुड्किलो नेपाल र हिलिहाङ हाक्पारे पालाम सयङमार्फत अहिले पनि समाज र समुदायको सेवामा लागिरहेकै छु । अहिले अर्को नयाँ व्यवसाय पनि सुरु गर्ने तयारीमा छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.