पर्यावरणमा पञ्चकन्या ग्रुपको सहयोग

पर्यावरणमा पञ्चकन्या ग्रुपको सहयोग

काठमाडौः पञ्चकन्या ग्रुपले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सडकपेटीमा वृक्षरोपण गर्दै आएको छ । ग्रुपले ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा वातावरणीय प्रदुर्षण कम गर्नेअपेक्षासहित वृक्षरोपण गर्दै आएको हो ।

ग्रुपले काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गत माइतिघरदेखि सिंहदरबार हुँदै पद्मोदय स्कुलसम्मको सडकपेटीमा एकतर्फी र भृकुटीमण्डप क्षेत्रको दुवै सडकपेटीमा वृक्षरोपण गरेको छ भने त्रिपुरेश्वर, रंगशालादेखि सिभिल मल सुन्धारासम्मको सडकपेटीमा एकतर्फी वृक्षरोपण गरेको जनाएको छ ।

त्यसैगरि ललितपुर उपमहानगरपालिका क्षेत्रमा बागमती पुलदेखि कुपण्डोल उकालोसम्म र पुल्चोकदेखि भनिमण्डलसम्म सडकका दुवै किनारामा वृक्षरोपण गरेको कम्पनीले जनाएको छ । वृक्षरोपणपश्चात आवश्यक गोडमेल, सरसफाई गर्दै आएको कम्पनीले भविष्यमा उक्त कार्यलाई निरन्तरता दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.