तेरियाको सफलता
सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ जितेकी तेरिया मगर पुनः अर्काे उपाधिको नजिक पुगेकी छन् । डीआईडीमा करिब ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै अहिले उनी ‘झलक दिख्लाजा’ को फाइनल राउन्डमा पुगेकी हुन् । भारतीय टेलिभिजन कलर्सले डान्स स्टार्सबीच यो प्रतिस्पर्धा गराएको हो ।
जित्नेले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछ । फाइनलमा रहेका तीन जनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन् । बुटवलकी १४ वर्षे उनले डीआईडी विजेताका तर्फबाट ‘झलक दिख्लाजा’ सिजन ९ मा प्रवेश पाएकी हुन् ।