नेमार सबैभन्दा महँगा खेलाडी, मेसी दोस्रो र रोनाल्डो सातौं नम्बरमा

नेमार सबैभन्दा महँगा खेलाडी, मेसी दोस्रो र रोनाल्डो सातौं नम्बरमा

काठमाडौंः ब्राजिलियन स्टार खेलाडी नेमार विश्वकै सबैभन्दा महँगा फुटबलर भएको एक अध्ययनले देखाएको छ।

सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको एक अध्ययनले नेमार विश्वकै महँगा खेलाडी भएको दाबी गरिएको छ। नेमार २१६ मिलियन पाउण्डका साथ पहिलो स्थानमा रहेको प्रतिवेदनमा दाबी गरिएको छ। नेमारपछि दोस्रो स्थानमा लियोनल मेसी रहेका छन्। मेसी १५० मिलियन पाउण्डका साथ नेमारपछि दोस्रो महँगा खेलाडीको सूचीमा परेका छन्।

सीआईइएस फुटबल अब्जरभेटरीले खेलाडीहरुको ट्रान्सफरको मूल्य तथा प्रस्तावका आधारमा विश्वका १०० महँगा खेलाडीको सूची सार्वजनिक गरेको हो। उसले सार्वजनिक गरेको सूचीमा भने फिफा वर्ष खेलाडी तथा चौथो पटक बेलोन डिअरको अवार्ड विजेता क्रिष्टियानो रोनाल्डो सातौं स्थानमा परेका छन्।

रोनाल्डो १११.२ मिलियन पाउण्डका साथ सातौ स्थानमा रहेका छन्। सीआईइएस फुटबल अब्जरभेटरीले निकालेको विश्वकै १० महँगा फुटबलरको सूचीमा म्यानचेष्टर युनाइटेडका पाउल पोग्वा १३६.५ मिलियन पाउण्डका साथ तेस्रो स्थानमा छन् भने एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान १३२.२ मिलियनका साथ चौथो स्थानमा छन्।

यस्तै लुइस स्वारेवज १२७.७ मिलियनका साथ पाँचौ तथा टोटनह्यामका ह्यारी केन १२२.४ मिलियनका साथ छैठौं स्थानमा छन्।  आठौं नम्बरमा युभेन्ट्सका पाउलो डिबाला, नवौं नम्बरमा टोटनह्यामका डेल अली र दशौं नम्बरमा चेल्सीका इडेन हजार्ड छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.