सपथ समारोहमा कस्तो पहिरनमा पुग्दैछिन् ट्रम्प पत्नी मेलानिया...

सपथ समारोहमा कस्तो पहिरनमा पुग्दैछिन् ट्रम्प पत्नी मेलानिया...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि जनवरी २० विशेष दिन हुनेछ । शुक्रबार (आज) राष्ट्रपतिका रूपमा उनी पहिलोपटक ह्वाइट हाउस प्रवेश गर्दैछन् । ७० वर्षीय ट्रम्पसँगै प्रथम महिला मेलानिया यस दिन कुन रूपमा प्रस्तुत हुनेछिन्, चासोको विषय बनेको छ ।

सुरुदेखि नै स्टाइलिस्ट महिलाको छवि बनाएकी ४६ वर्षीया मेलानिया यसैको तयारीमा जुटेकी छन् । 'यूएस विक्ली'का अनुसार ह्वाइट हाउस प्रवेशमा कसरी प्रस्तुत हुने र कस्तो पहिरन लगाउने भन्ने विषयमा उनको पूरै टिम लागेको छ ।

मेलानिया फेसनमा आफैं निकै अगाडि भएका कारण कसरी राम्री र बोल्ड देखिने भन्ने थाहा भएकाले डिजाइनरलाई थप सजिलो हुने उनका एक डिजाइनर निकोलले बताएकी छन् । ह्वाइट हाउस गएपछि मेलानिया आफ्नो लागि आफैंले 'ग्लामरुम' डिजाइन गर्ने र ह्वाइट हाउसलाई नयाँ रूप दिने बताएकी छन् । यूएस विक्लीका अनुसार मेलानिया लाइटिङ मिलेको उत्कृष्ट डिजाइन मन पराउँछिन् ।

कसरी आकर्षक देखिने, कस्ता पहिरनमा कस्ता मेकअप प्रयोग गर्ने भन्ने विषयमा दैनिक एक घन्टा पन्ध्र मिनेट अभ्यास गर्ने गरेको डिजाइनरहरूले बताएका छन् ।

मेलानियाका लागि डिजाइन कसले गर्ने भन्ने विषय पनि चासोको विषय बनेको छ । उनका लागि ८३ वर्षीया कार्ल लगेरफेल्ड र ७७ वर्षीया राल्फ लरेनले डिजाइन गर्ने भएका छन् । उनीहरूलाई मेलानियाले छनोट गरेकी हुन् । उनीहरूको डिजाइनले आफ्नो मन चोरेको उनले बताएकी छन् ।

यसलाई राल्फले पनि जीवनकै ठूलो अवसरका रूपमा लिएका छन् । यो अवसरले आफ्नो व्यापारले निकै उचाइ लिने आशा उनको छ । राल्फले मेलानियालाई मोडलभन्दा अब्बल सुन्दर महिलाका रूपमा प्रस्तुत गरेको बताएका छन् । कार्ल जर्मनीका डिजाइनर हुन् ।

अचम्म के भने टम फोर्ड, मार्क याकोबसलगायत धेरै डिजाइनरले मेलानियाका लागि डिजाइन गर्न अस्वीकार गरेका थिए । तर, मेलानियाको पक्षमा टम्मी हिलफिगर, डियान भोन फोर्सटेनबर्गजस्ता चर्चित डिजाइनर उभिए । अमेरिकी डिजाइनरहरूले हिलारीभन्दा राम्रो फेसन गर्ने महिलाका रूपमा मेलानियालाई लिएका छन् । उनका लागि डिजाइन गर्न अस्वीकार गर्नेले पनि मेलानियालाई राम्रो फेसन सेन्स भएकी महिलाका रूपमा भने स्वीकारेका छन् ।

बाराक ओबामाको ठाउँमा आउँदै गरेका डोनाल्ड ट्रम्पले ४५औं राष्ट्रपतिका रूपमा शपथ लिँदैछन् । नोभेम्बर ८ मा भएको चुनावको ठीक १०औं सातापछि उनले शपथ लिन लागेका हुन् । ट्रम्पसँगै मेलानियाको ड्रेस र डिजाइनरको पनि त्यतिकै चर्चा भएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.