पारेदेबी कपको उपाधि भोटेवडारको पोल्टामा

पारेदेबी कपको उपाधि भोटेवडारको पोल्टामा

लमजुङ : पूर्वी लमजुङको बन्सार-३, दुवारगाउँमा सञ्चालन भएको सातौं खुल्ला नकआउट फुटवलप्रतियोगिताको उपाधि बुद्ध युथ क्ल्ब भोटेवडारले जितेको छ। उदीपुरस्थित कालिका युथ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै बुद्ध युथ क्लबले उपाधी हात पारेको हो।

खेल सुरु भएको १० मिनेटमानै पहिलो गोल गरेर बुद्ध युथ क्लब भोटेवडारका खेलाडी भक्त आलेमगरले क्लबलाई अग्रता दिलाए। उनले निकालेको कलात्मक पासलाई मनोज घलेले १५ औं मिनेटमा गोलगरेपछि बुद्धले अग्रता कायमै राख्यो।

खेलमा कालिका युथ क्लबलाई हराउन बुद्ध युथ क्लबलाई २ गोल पर्याप्त बन्यो। खेलमा सहभागी २० टिमलाई पछि पार्दै पारेदेवी कप उचाल्न सफल बनेको बुद्ध युथ क्लबले १ लाख नगद प्राप्त गरेको छ। खेलाडीलाई पारेदेबी युवा क्लबका अध्यक्ष ओमलाल गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङका अध्यक्ष दीपक पौडेलले संयुक्तरुपमा पुरस्कार प्रदान गरे।

प्रतियोगितामा दोस्रो हुन सफल कालिका युथ क्लब उदीपुर नगद ५० हजारसहित मेडल र प्रमाणत्र, सेमिफाईनलमा प्रवेश गरेको सेभेन लक्की यूवा क्लब हिलेबजार र चिती यूवा क्लबलाई नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै सर्बाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी सेभेन लक्की युवा क्लबका दीपक थापा र बीलजंग तामाङले जनही पाँचहजार नगद र प्रमाणपत्र प्राप्त गरे भने अनुशाशित टिम तर्फ आयोजक पारेदेबी यूवाक्बलका खेलाडी पाँच हजार प्राप्त गरे।

त्यस्तै, महिला तर्फ साईनो यूवा क्लबका महिला खेलाडीहरुले प्रथम उपाधि २० हजार नगद मेडल र प्रमाणपत्र हात पारे । दोस्रो विजेत एभरेष्ट युवा क्लब बन्सारका महिला खेलाडीहरुले नगद १० हजार हात पारे। प्रतियोगितामा पुरुषतर्फ २० टिम र महिलातर्फ ७ टिमले सहभागिता जनाएका थिए।

फुटबल प्रतियोगितासँगै आयोजना भएको छेलो प्रतियोगिताको उपाधि भोटेवडारका सुजन श्रेष्ठले हात पारे। त्यस्तै घैंटो फुटाई, ट्युवलाईट फुटाई र जिउमाथि २ सय २० सीसीको ‘बाइकरेस’ लाई दर्शकले निकै मन पराए।

पारेदेवी यूवा क्लबका अध्यक्ष ओमलाल गुरुङको व्यक्तिगत १ करोड भन्दा बढी लगानीमा निर्माण भएको पूर्ण आकारको खेलमैदानमा २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको फुटबल प्रतियोगितालाई स्थानीयले उत्सव झैं मनाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.